केकी अधिकारी बनिन् शैक्षिक दुत



काठमाडौं, २७ माघ । नायिका केकी अधिकारी शैक्षिक परामर्श कम्पनी राइट एन्ड एसोसिएट्सकी ब्रान्ड एम्बेसडर’मा नियुक्त भएकी छिन् । उक्त संस्थाले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा उनलाई छानेको हो । सो संस्थाले विदेशमा उच्चशिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको छ ।

विदेशमा अध्ययन गरेर सीप र ज्ञान हासिल गरी देशका लागि केही गर्न चाहने युवालाई राइटले सही बाटो देखाएको भन्दै केकीले भनिन, ‘पुरानो र विश्वसनीय कम्पनीसँग अनुबन्धित हुन पाउँदा मलाई खुसी लागेको छ ।’

कार्यक्रममा वनमन्त्री शंकर भण्डारी, कम्पनीका निर्देशकद्वय परशुराम अधिकारी र निर्देशक बालचन्द्र भट्टराइले कम्पनी स्थापना र यसको १६ वर्षे यात्राका बारेमा जानकारी गराए ।

अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउने राइट्सले काठमाडौंको पुतलीसडक र सिड्नीमा आफ्नो कार्यालय स्थापना गरेको छ। अष्ट्रेलियाको मेलवर्न र नेपालको चितवनमा पनि यसका शाखाहरु छन् ।

, ,