दुबईमा नेपाली फेसन फ्युजनको आयोजना


छेपारो डट कम को आयोजना मा यही आउदो शुक्रबार फेब्रुअरी महिनाको १० तारिखका दिन दुबईमा फेसन फ्युजन २०१७ नामको नेपाली फेशन शो हुने भएको छ ।

उक्त कार्यक्रमको बारे जानकारी दिन को निम्ति आयोजकले बर दुबई मा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ । रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कमका संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्रोत्साहन गर्न कार्येक्रम गर्न लागिएको बताउनु भएको थियो । उहाका अनुसार अनलाईन बाटै बिभिन्न सामान हरु खरिद गर्न सकिने बिजिनेस पोर्टल छेपारो डट कम को औपचारिक उत्घाटन समेत उक्त कार्येक्रम बाट गरिने छ ।छेपारो ले नेपाल ,यु ए ई , बहराइन र कतार बाट एकै पल्ट आफ्नो सेवा सुचारु गर्दै छ ।

आयोजक कमिटिका बालकृष्ण मरासिनी ले कार्येक्रम मा १० जना बाल बालिका , १० जना महिला मोडल र ५ जना पुरुष मोडल लाई र्याम्प मा उतारिने जानकारी दिनु भयो ।नेपाल मा थुप्रै फेसन शो गरिसकेकी तृष्णा गुरुङ को दुबई मा हुने फेसन शो भने पहिलो अन्तरास्ट्रिय सोलो शो रहेको छ ।उनले नेपाली संस्कृति झल्किने र फेसन लाई फयुजन गरेर तयार पारेका पहिरनहरु लगाएर मोडेल हरु र्याम्प मा उत्रने बताईन ।आफुले मोडेल हरुलाई अश्लिल देखाउने खालका पहिरन होइन ग्ल्यामरस लूक्स झल्किने तर्फ़ ध्यान दिएको पनि बताईन ।सहभागि मोडेल हरुलाई सावित्री केसी ले कोरिओ ग्राफी गराउने छिन ।

मृगतृष्णा फेसन हाउसको संचालिका डिजाइनर तृष्णा गुरुङ र कोरियो ग्राफर सावित्री केसी दुबई आइपुगे देखीनै फेसन शोमा सहभागी मोडेल हरुलाई प्रशिक्षण सुरु गरिसकेको बताइएको छ ।कार्यक्रमका मुख्य आयोजक रोयल आइल्याण्ड जनरल ट्रे डिंग तथा छेपारो डटकमका सञ्चालक आकाश खतिवडा, मृगतृष्णा फेसन हाउसकी संचालिका फेसन डिजाइनर तृष्णा गुरुङ, आयोजक समितिका सदस्य बालकृष्ण मरासिनी र नेत्र चापागाईले पत्रकारहरुले सोधेका प्रश्न को जवाफ दिएका थिए ।

कार्येक्रममा गाएक हेमन मोक्तानको पनि बेजोड प्रस्तुति रहने छ । फेब्रुअरी १० तारिखका दिन हुने यस फेशन फ्युजनमा सोजटोपर रुपमा मिस नेपाल २०१४ सुबिन लिम्बु,चर्चित नेपाली नायीकाहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतको समेत उपस्थिति रहनेछ । बर दुबई को बैंक स्ट्रीट मा रहेको फोर पोइन्ट्स बाई शेराटोन होटल मा हुने कार्यक्रममा दर्शकका लागि साझ ६३० बजे देखि गेट खुला हुनेछ ।

आयोजकले दर्शक का लागि १००,२०० र ५०० (साथमा डिनर )का टिकट तोकेकोछ भने टिकट कार्यक्रम स्थल बाट समेत लिन सकिने बताइएको छ ।हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ गर्न लागिएको यो कार्यक्रम ले नेपाली फेसनको अन्र्तराष्ट्रिय रुपमा विस्तार गर्न टेवा पुराउने आशा गरिएको छ । मध्य पुर्विय क्षेत्र मै पहिलो पटक नेपाली फेसन शो यूएईको दुबईमा हुन लागेको हो ।

, ,