पत्रकार बस्नेत र कंडेल पुरस्कृत

पत्रकार   बस्नेत र  कंडेल  पुरस्कृत

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक मंगलबार सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष डम्बर अधिकारीको सभापतित्वमा सम्पन्न सो बैठकले फागुन ३ गते हुने १० औं अधिवेश सम्पन्न गर्नका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसअनुसार मुख्य निर्वाचन अधिकृतमा कमलामोहन वाग्ले ,निर्वाचन अधिकृतमा शिवदत्त ढकाल र पुष्पराज आचार्यलाइ मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष डम्बर अधिकारीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र पूर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी,प्रदीप काफ्ले र प्रेम प्रसाद पौडेल सदस्य रहेको सत्कार समिति गठन गरिएको छ । यसैगरी मञ्च व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष समुन्द्र पौडेल र प्रचार प्रसार÷प्रतिवेदन समिति संयोजकमा शाखा सचिव उज्वल पौडेल र खाजा खाना व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्षमा राजकुमार श्रेष्ठ रहेको समिति गठन गरिएको । यसैगरी स्वागत तथा सत्कारका लागि क्रियाशिल पत्रकार महिला तनहुँ र संचारिका समुह तनहुँ लाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको छ । 
यसैगरी बैठकले    ‘ सुरज गुरुङ्ग स्मृति पत्रकारिता पुरस्कार’२०७२ बाट पत्रकार सुर्यचन्द्र बस्नेत    र   ‘वेद ब्यास पत्रकारिता पुरस्कार’–२०७२ बाट पत्रकार बसन्त कडेंललाई  प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कृत मध्ये कंडेल तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्देछन् भने बस्नेत विगतमा तनहुँलाई कार्यक्षेत्र बनाएर हाल राष्ट्रिय समाचार समिति काठमाण्डौ कार्यरत रहेका छन् ।बैठकले अधिवेशन भव्यताका साथ सम्पन्न गर्न सबैमा आव्हान गर्ने निर्णय गरेको सचिव उज्वल पौडेलले बताए ।