अमेरिकामा नेपालीहरु जीवनविमाको नाम सुन्दा किन तर्सिन्छन् ? - प्रकाश श्रेष्ठ


        हाम्रो जीवन अनिश्चितताले घेरेको छ । कतिबेला के, कस्तो भवितव्य आईपर्छ पूर्वानुमान गर्न कठिन छ । वास्तवमा भविष्य अनिश्चित भएकोले भविष्यमा हुनसक्ने घटना, दुर्घटना, संकट, समस्या, अकल्पनिय परिस्थिति जस्ता तमाम जोखिम बहन गर्नु पर्ने हुन्छ । यस्ता कतिपय जोखिम हस्तान्तरणिय र कतिपय अहस्तान्तरिणय हुन्छन् । हस्तान्तरणिय जोखिम मध्ये विमालाई लिने हो भने विमित(विमावाला)ले विमक( विमा कम्पनी) लाई निश्चित विमाशुल्क तिरे बापत तोकिएको जोखिम हस्तान्तरण गर्छ र उक्त अनिश्चितता वा जोखिम विमाअवधीमा हुन गएमा त्यसको आर्थिक क्षतिवापतको उल्लेखित रकम विमित( Insured) ले प्राप्त गर्दछ । त्यसो त अनेकन किसिमका विमा छन् त्यसमा पनि अहिले चर्चा गर्न खोजिएको विमा भनेको "जीवन विमा" सम्बन्धी हो ।

         जीवन विमा भनेको वास्तवमा विमित र विमक विचको एक किसिमको अनुबन्धन हो जसमा विमित र विमा कम्पनी( विमक) विच विमा करार भएको हुन्छ जसमा सामान्यतया तोकिएको समय भित्र विमितको मृत्यु भएमा विमा कम्पनीले विमितको परिवारलाई विमांक भुक्तान गर्दछ । त्यसो त जीवन विमाका धेरै प्रकार र धेरै प्रयोजन समेट्ने गरि विमालेख( Insurance Policy) खरिद गरिन्छ । वास्तवमा जुनकिसिमको जीवन विमालेख खरिद गरेपनि पारिवारिक आर्थिक सुरक्षालाई ध्यान दिएको हुन्छ । यद्दपी कुनै अस्थायी वा छोटो अवधीको लागी केवल Death Benefit मात्रै समेटिएको त कुनै Living Benefit र Death Benefit दुवै समेटिएको साथै भैपरि आउँदा एवं विशेष कामका लागी आर्थिक खाँचो पर्दा, त्यस्तै बुढ्यौली उमेरमा नियमित रकमको जोहो गर्न समेत उपयोगी हुनेगरि व्यवस्था मिलाउन सकिने किसिमको विमालेख समेत हुने गर्दछ ।

          त्यसो त कस्तो किसिमको जीवन विमा कसलाई कति विमांकको आवस्यकता पर्छ भन्ने कुरा सम्बन्धित व्यक्ती वा परिवारको विक्तिय अवस्थाको विश्लेषण विना यसै भन्न सकिदैन । यद्दपी कुनै न कुनै किसिमको जीवन विमालेख खरिद गर्नु आवस्यक छ किनकी कथमकदाचित नियमित आयआर्जन गर्ने घरमुलीको अशक्तताको कारण, एक्कासी असामान्य मृत्युको कारणले परिवारमा एक त मानसिक तनाव हुने गर्छ भने अर्को तर्फ आर्थिक समस्या समेत थपिने गर्छ । तसर्थ यस्तो किमिमको संकटबाट सुरक्षित रहन जीवन विमा गर्नु अति आवस्यक छ ।
         खासगरि जीवन विमालाई दुई प्रकारमा विभक्त गरिएको छ -

१) अवधी जीवन विमा( Term Life Insurance)

२) स्थायी/ आजीवन जीवन विमा( Permanent Life Insurance)

        अवधी जीवन विमा अस्थायी किसिमको निश्चित समयावधि तोकिएको हुने हुन्छ जसमा केवल तोकिएको समयावधि वा परिपक्क अवधी( Maturity Period) भित्र विमितको मृत्यु भएमा मात्र परिवारका हकवाला( Beneficiary)  ले विमांक(face value) प्राप्त गर्दछन् । यदी उक्त अवधी भित्र विमितको मृत्यु नभएमा विमा कम्पनीले सामान्यतः कुनै पनि रकम भुक्तानी गर्दैन । यस्तो अवधी विमालाई थप अवधीको लागी नविकरण गर्न पनि सकिन्छ तथापी विमितको उमेर बढ्दै जाँदा प्रीमियम महंगो पर्ने एवं स्वास्थ्यमा प्रतिकूलता देखिने कारण नविकरण गर्न समस्या देखिन्छ । त्यसो त कम विमाशुल्क/प्रीमियममै केही बर्षका लागी भएपनि  पारिवारिक आर्थिक सुरक्षा वा केवल Death Benefit समेटिएको Term life insurance लिदा उपयुक्त हुन्छ जसले गर्दा तोकिएको समय भित्र विमितको केही गरि मृत्यु भएमा परिवारमा आर्थिक बोझबाट सुरक्षित हुन सकिन्छ । यस किसिमको जीवन विमालाई "कार विमा" को रुपमा तुलना गर्न पनि सकिन्छ । यस विमालेखमा विमितको उमेर र स्वास्थ्य स्थिती अनुसार विमाशुल्क(premium) निर्धारण हुने गर्दछ ।

       अर्को तर्फ स्थायी/आजीवन जीवन विमा एक किसिमको आजीवन वा स्थायी प्रकृतीको विमा हो जसमा विमितले विमा कम्पनी सँग आफ्नो मृत्यु पश्चात आफ्नो परिवारले विमांक पाउने वा तोकिएको विमावधी सम्म आफु बाँचे विमांक विमितले पाउने हुन्छ । यद्दपी यस किसिमको विमा अन्तर्गत अनेकन प्रकारका विमा समावेश हुन्छन् । खासगरि चलनचल्तीमा यस अन्तर्गत a) Whole Life Insurance b) Universal Life Insurance c) Variable Life Insurance d) Index Universal Life Insurance. पर्दछन् ।  वास्तवमा चारवटै जीवन विमालेख( Life Insurance Policy) का आ-आफ्नै विशेषताहरु रहेका छन् । विशेषत whole life insurance मा तोकिएको विमा शुल्क आजीवन विमा कम्पनीलाई बुझाउनु पर्छ र बुझाएको विमा शुल्कबाट विमा लागत( cost of insurance) कट्टा गरि बाँकी रकम cash value को रुपमा जम्मा हुँदै जान्छ जसमा तोकिएको निश्चित प्रतिशत व्याज प्राप्त हुने गर्छ ।

      यो परम्परागत जीवन विमामा आजकल केही सुधार गरि निश्चित समयावधि सम्म विमाशुल्क तिरे हुने व्यवस्था पनि गरिएको छ । यसमा खासगरि cash value को accumulation कम हुने गर्दछ किनकी यो Market sensitive हुँदैन अर्थात् Market मा आएको Rate of Return अनुसार व्याजदर पाईदैन केवल secured securities मा आउने fixed interest rate 4%- 5% मात्रै दिने गरेको देखिन्छ जसले गर्दा retirement लाई केन्द्रित गरेर वा अन्य आर्थिक गर्जो टार्ने तवरबाट यो विमालेखमा जम्मा हुने accumulated cash उपयोगमा ल्याउन सकिने सम्भावना कमै देखिन्छ ।

      त्यस्तै गरि Universal life insurance(UL) मा विमाशुल्क भुक्तानीमा लचकता अपनाउन सकिन्छ र कतिपय अवस्थामा विमा शुल्क skip गर्न पनि मिल्छ यद्दपी cash value मा पाउने व्याज दर भने न्युनतम निश्चित तोकिए पनि विमाकम्पनीले आवस्यकता हेरि व्याज दर थपघट गर्न सक्छ । यसमा समेत Accumulated cash value बढ्ने सम्भावना कम हुन्छ । त्यस्तैगरि variable Universal life insurance( VUL) मा विमाशुल्क भुक्तानमा लचकता अर्थात् तोकिएको सिमा सम्म आवस्यकता अनुसार विमाशुल्क घटबढ गर्न सकिने साथै कतिपय अवस्थामा विमाशुल्क भुक्तानमा स्किप गर्न पनि सकिन्छ र यो नितान्त market sensitive हुन्छ अर्थात् Market मा stock, mutual fund, securities आदीमा आएको rate of  returns अनुसार नै cash value मा return आउने गर्छ । यसो त विमितले आवस्यकता अनुसार उपयुक्त portfolio मिलाएर विभिन्न securities मा allocation गरि विमालेखमा संचित नगदलाई investment गर्न सकिन्छ । यस्तो जीवन विमा market risk लिनेहरुको लागी उपयुक्त हुन्छ ।

       त्यस्तै आजकल चलनचल्तीमा बढी उपयोगी मानिने Index Universal Life insurance अन्तर्गत खासगरि विमाशुल्क( premium) लाई आवस्यकता अनुसार भुक्तानको सुविधा हुनुका साथै cash value मा प्राप्त हुने प्रतिफल विशेष सुचांक(index) अनुसार हुने गर्दछ जस्तोकी S&P 500 index account, Global index account जस्ता index को आधारमा cash value मा प्रतिफल/ व्याज दिईने गरिन्छ । यद्दपी cash value growth भने तोकिएको maximum ceiling वा cap अनुसार हुन्छ । उदाहरणको लागी 15 % cap तोकिएको छ भने index 15 % भन्दा माथी आए 15% सम्म र त्यो भन्दा कम आए सोही अनुसार प्रतिफल आउने गर्छ तर index Zero(0) भन्दा कम वा negative figure मा आएमा शुन्यमा lock हुने वा ब्याज शुन्य आउने गर्छ अर्थात् market जतिसुकै negative figure मा गएपनि cash value मा नकारात्मक प्रभाव पर्दैन जसले गर्दा market risk लिन नचाहनेको लागी यो जीवन विमा अति उपयुक्त मानिन्छ । साथै उपयुक्त किसिमले विमाशुल्क(premium) अधिक जम्मा गर्नेहरुको लागी cash value तिव्र गतिमा बढ्ने सम्भावना पनि रहन्छ ।

       यो विमालेख अन्तर्गत पनि अनेकन किसिमको options भएकोले आफुलाई अनुकुल हुनेगरि उपयुक्त option छनौट गर्न सकिन्छ । खासमा कुन लक्ष्य वा प्रयोजनको साथ IUL खरिद गरिएको हो सोही अनुरुप option छनौट गर्न सकिन्छ । जस्तो की IUL accumulator छनौट गरिएको हो भने cash value बढी accumulated गरेर retirement plan को रुपमा प्रयोग गर्ने भए केही बढी प्रीमियम तिर्न तयार हुनु पर्यो जसले गर्दा 401(k)/403(b), IRA/SEP-IRA, Annuity, Roth-IRA, Pension आदी Account नभएकालाई पनि retirement को लागी cash को व्यवस्था हुन सक्ने भयो । त्यस्तै बच्चाको लागी कलेज पढाउन चाहिने रकम, घरको किस्ता, आकास्मिक कोष लगायतमा रकम व्यवस्था गर्न समेत सहज हुने भयो भने अर्को तर्फ cash value बढी हुनसकेमा सामान्यतः accumulated cash value र Insurance face value( विमांक) वीचको रकमको विमा लागत (cost of insurance, monthly expenses charges, monthly policy charges, index account monthly charges, additional rider charges etc. )मात्र तिरे पुग्ने भएकोले विमितको उमेर बढे अनुरुप विमा लागत बढेपनि तुलनात्मक रुपमा खुद विमा लागत कम charge हुने गर्दछ र अझै विमाअवधी १० बर्ष पुगे पछि एक प्रकारको विशेष जोखिममा लगाईने शुल्क समेत पुर्णरुपमा हटाईने हुँदा विमितको उमेर बढ्दै जाँदा त्यति बिघ्न विमा लागत बढ्दैन । अझै प्रष्ट भन्नुपर्दा यथेष्ट cash value छ भने निकै कम खुद(net) विमा लागत मात्रै लाग्ने देखिन्छ ।

       त्यस्तै IUL protector छनौट गर्ने हो भने विमाशुल्क तुलनात्मकरुपमा IUL protector भन्दा कम लाग्ने हुन्छ र न्युनतम वा गाईडलाईनमा मात्र विमाशुल्क नियमित भुक्तान गर्दा cash value growth कम हुन सक्छ । यद्दपी तत्काल कम आम्दानी हुने र भविश्यमा केही आम्दानी बढेमा केही बढि मात्रामा premium भुक्तान गर्न पनि सक्ने अवस्था हुनेको लागी यो किसिमको policy लिदा समेत उपयुक्त हुन्छ किनकी तुलानात्मरुपमा कम premium तिर्ने गरि पनि बढी face value को insurance policy लिन सकिन्छ । त्यसो त आफ्नो आवस्यकता र आम्दानी अनुरुपमा यी दुवै किसिमको IUL प्रयोगमा ल्याउन सकिन्छ ।

      एउटै वीमालेख अन्तर्गत धेरै किसिमको सुविधा उपयोग गर्न मिल्ने वा समस्यालाई समाधान गर्न मिल्ने गरि व्यवस्था गरिएकोले यसमा हाल धेरै प्रचलनमा रहेको " smart iPhone" मा जस्तो विभिन्न "सुविधायुक्त function" hook up गरिएको छ । सामान्यतया सबैखाले जीवनविमा(term and permanent) मा death benefit tax free हुने गर्दछ । त्यस्तै permanent life insurance मा tax-Deferred growth( increase भएको cash value मा tax-deferred हुन्छ यदी policy surrender गरेमा अन्यथा death benefit मा भने उक्त रकम समेत tax free हुन्छ ), त्यस्तै tax free loan and withdraw को प्रावधान रहने गर्दछ, assets transfer मा सजिलो हुन्छ । त्यस्तै lawsuit को protection पनि हुने गर्छ अर्थात् सामान्यतः जीवनविमालाई अन्य assets सरह गणना नगरिने भएकोले कसैले law suit गरेमा insurance policy अन्तर्गत accumulated भएको cash value बाट तिर्नु पर्दैन । त्यस्तै बच्चाहरुको कलेजबाट पाउने grant निर्धारणमा समेत insurance policy मा रहेको cash value लाई asset को रुपमा गणना गरिदैन । यसरी हेर्दा आफुले आर्जन गरेको रकम कानुनी रुपमै Hide गर्न सकिने अवस्था पनि जीवन विमामा रहेको हुन्छ भन्न सकिन्छ ।

      खासगरि IUL अन्तर्गत विभिन्न आर्थिक प्रयोजनलाई उपयोगमा ल्याउन सकिने गुण विद्यमान रहेकोले आजकल अधिकांशले यसलाई उपयोगमा ल्याएको पाईन्छ । त्यस्तै आफुले आर्जन गरेको कमाई मध्ये गर्न सकिने वचतलाई उपयुक्त ढंगले परिचालन गरि भविष्यमा आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा गर्नको लागी यो विमालेख उपयुक्त देखिन्छ । विमित लामो समय बाँचेमा आफ्नै जीवनकालमा विभिन्न आर्थिक समस्या समाधान गर्न वा बुढेसकालमा आर्थिकरुपमा सुनिश्चित हुन र केही गरि चाढै मरेमा पारिवारिक आर्थिक सुरक्षा दिन यो विमालेख अति उपयुक्त हुन सक्छ । यद्दपी कुनै पनि विमालेखलाई नराम्रो मान्न सकिदैन किनकी सबै विमालेख विभिन्न परिस्थिति र प्रयोजनमा आ-आफ्नै तवरबाट प्रयोगमा आउन सक्छन् । एउटा कुरा हरेक व्यक्तीको मेडिकल हिस्ट्री, वर्तमान स्वास्थ्य अवस्था, उमेर, कामको प्रकृती अनुसार जोखिमको प्रकृती फरक फरक हुन सक्छ जसले गर्दा समान विमांकको लागी समेत फरक फरक प्रिमियम र विमा लागत निर्धारण हुन सक्छ । त्यस्तै समान उमेर र समान स्वास्थ्य स्थितीमा रहदा समेत पुरुषको तुलनामा महिलाको लागी प्रिमियम र विमा लागत कम लाग्ने हुन्छ । त्यस्तैगरि death benefit option मा level death benefit वा increasing death benefit के राखिएको छ यसले समेत cost of insurance मा घटबढ हुन सक्छ ।

        जीवनविमा हरेकको लागी आवस्यक छ तापनि केही महिना पहिला अमेरिकामा जीवनविमा बारे नेपाली समुदायमा निकै हल्लाखल्ला मच्चियो र कतिपयले " ईन्सुरेन्स ठगी" भनेर व्यापक प्रचारप्रसार गरेको पनि देखियो । यस्तो हल्ला किन, कसरी, के का लागी गरियो त्यसबारे खासै बुझ्न सकिएन र त्यो हल्लाले यो स्तम्भकार पनि अछुतो रहेन । अधिकांशले जीवनविमालेख विचमै रद्द गरेको पनि देखियो । यस्तो हुनुमा पक्कै पनि विमित र विमा एजेण्ट वीचको आपसी असमझदारी, विमालेखमा उल्लेख भएका बुँदाहरु बारे गलत बुझाई, विभिन्न Illustration बारेमा अपव्याख्या र insurance lapse हुने प्रावधान साथै न्युनतम गाईड लाईनमा विमाशुल्क भुक्तान गर्दा शुरुका ३-४ बर्षमा पर्याप्त  cash value बन्न नसक्ने अवस्था( सामान्यतया शुरुको ३-४ बर्षमा विमालेख रद्द/surrender गर्दा cash value खातामा बनेको भएपनि कत्ति पनि रकम फिर्ता नहुने प्रावधान ), त्यस्तै २०-३० बर्ष सम्म निरन्तर न्युनतम( करिव २% market return) market rate of return समदरमा आईरहेदा cost of insurance बहन गर्नको लागी साविकको विमाशुल्कनै तिर्दै गएमा Insurance policy lapse हुनसक्ने illustration को व्याख्या, न्युनतम रकम मात्रै विमाशुल्कको रुपमा जम्मा गर्दै जाँदा cash value यथेष्ट नबनेको अवस्था आदी कारणहरु हुनसक्ने देखियो । वास्तवमा यस्ता अवस्था बारे बिशेष किसिमको जानकारी र बुझाई उपयुक्त नहुँदा सबैतिर नकारात्मक प्रचारवाजी देखियो ।

      विशेष गरेर IUL कसरी operate हुन्छ र कसरी भरपर्दो हुनेगरि अगाडी बढाउन सकिन्छ भन्ने पर्याप्त ज्ञान सम्बन्धित पक्षले दिन नसक्नु र विमित व्यक्तीहरुले समेत बुझ्न नखोज्दा आपसमा असमझदारी सृजना भएको देखिन्छ । आखिर जीवनवीमा कम्पनी पनि एउटा व्यवसाय नै हो र अझै अमेरिकामा पुर्णरुपमा अक्षरश कानुन पालना गरेर संचालन हुने व्यवसायिक संस्था हो जसलाई स्टेट एवं फेडेरेल गभर्मेन्टले समेत विशेष ग्यारेण्टी वा संरक्षण दिएको हुन्छ । त्यस्तै तत्काल स्थायी जीवनविमालेख( permanent life insurance) वा IUL खरिद गरि छोटो समयमै बन्द गर्ने सोचाई भएमा खरिद नगर्दानै उपयुक्त हुन्छ किनकी तोकिएको target guideline अनुरुप प्रिमियम तिर्दा long term मा मात्रै cash value growth आफुले जम्मा गरेको कुल प्रिमियम भन्दा बढि हुने हुन्छ, छोटो समयमा वा शुरुको केही बर्ष केवल न्युनतम प्रिमियम तिरेर cash value तत्काल राम्रो बन्दैन तर एकचोटी शुरुमै बढी प्रिमियम भुक्तान गर्दै जाने हो भने केही बर्षमै राम्रो cash value बढ्ने सम्भावना पनि रहन्छ र यो समेत market index मा भर पर्छ किनकी market शुरुकै बर्षमा downward भयो वा negative भयो भने zero( कुनै कम्पनीले 0.75% व्याज समेत market down भएर negative हुँदा पनि दिने गर्छन्) return समेत हुनसक्ने हुँदा शुरुमै धेरै प्रिमियम तिरेर बढी cash value बन्ने ग्यारेण्टी नहुन सक्छ तापनि सधै market down नहुने उतारचढाव भईरहने हुँदा केही बर्ष पछि cash value increase हुने देखिन्छ । विगतको market rate of return ले समेत त्यस कुरालाई पुष्टी गर्छ ।

       अत: उपयुक्त किसिमले premium तिर्दै जाँदा long term मा cash value यथेष्ट बन्न सक्ने र त्यही cash value मा प्राप्त interest ले समेत cost of insurance तिरिकन अझै थप वचत भई compounding interest को प्रभावले थप cash value बन्न पनि सक्ने हुँदा धेरै बर्ष पछि premium तिरिरहनु नपर्ने हुन सक्छ । त्यसो त IUL लिने समयमै एउटा निश्चित समय सम्म premium तिर्ने र निश्चित उमेरमा retirement को लागी आवस्यक रकम बन्ने किसिमको मोटामोटी योजना बनाएर policy setup गर्दा समेत सोही मुताविक premium तिर्ने guide line तय हुने गर्छ । त्यस्तै long term care र विभिन्न rider को attachment समेत यस policy अन्तर्गत गर्न सकिन्छ । हुनत हरेक किसिमको IUL मा premium भुक्तान गर्ने सम्बन्धमा target, minimum, guideline, guideline single premium, 7-pay आदी तोकिएको हुन्छ र यसमा आफुलाई अनुकुल हुनेगरि प्रयोग गर्न सकिन्छ । यद्दपी समय समयमा policy मा cash value को growth, insurance cost आदी बारे जानकारी online statement मा हेरिरहनु र आफ्नो एजेण्टलाई कुनै दुविधा भए सोधपुछ गर्नु आवस्यक हुन्छ ।

        संक्षेपमा भन्नुपर्दा सबै किसिमको जीवन विमामा COI ( cost of insurance) समावेश भएकै हुन्छ तर कसरी cash value निर्धारण हुन्छ त्यो मुख्य विषय हो । यसरी हेर्दा -यदी basic COI तिरिने policy लाई term insurance भनिन्छ । यदी cash value fixed ग्यारेण्टी छ भने whole life insurance भनिन्छ । त्यस्तै cash value interest चाही market sensitive र flexible छ भने Universal Life( UL) भनिन्छ । त्यस्तैगरि cash value चाही index सँग tied up भएको छ भने IUL भनिन्छ ।
       वास्तवमा विगतको " ईन्सुरेन्स सम्बन्धी हल्लीखल्ली" किन नेपाली समुदायमा मात्रै सिमित रह्यो र अरु समुदायमा कुनै हल्लीखल्ली मच्चिएन बरु 401(k)/403(b),  विभिन्न retirement plan मा भन्दा बढि रकम लगानी जीवन विमामा भयो । त्यसमा पनि IUL खरिद गर्नेहरुको संख्या बढि देखियो । अमेरिकामा दैनिक औषत १.५ विलियन डलर "लाईफ ईन्सुरेन्स प्रोडक्ट" बाट व्यक्तीहरुलाई भुक्तानी दिईन्छ भने "सोसियल सेक्युरिटी मार्फत दैनिक औषत १.९ विलियन डलर व्यक्तीहरुलाई भुक्तानी दिईन्छ । त्यस्तै २०% अमेरिकनको लाईफ ईन्सुरेन्स ईण्डष्ट्रीमा "long term saving " रहेको छ । त्यस्तै गरि ३.५ ट्रीलियन डलर 401(k), ५.३ ट्रीलियन डलर IRA र ५.५ ट्रीलियन डलर लाईफ ईन्सुरेन्समा नगद प्रवाहित छ । यसले पनि के प्रष्ट देखायो भने विगतको हल्ला अल्पज्ञान र विक्तिय विष्लेषण गर्ने क्षमताको अभाव एवं कुनै व्यक्ती विशेष सँगको प्रतिशोध साँध्ने मनसाय हो की भन्ने देखियो ।

         उक्त बजार हल्लाकै कारण मैले( यो स्तम्भकारले) समेत बजार हल्ला चल्नु केही महिना पहिला खरिद गरेको IUL policy रद्द गर्न तम्तयार भई आफुलाई policy बेच्ने एजेण्टलाई समेत सम्पर्क गरेको र एजेन्टबाट  व्यापक जानकारी लिदै आफैले समेत विभिन्न अध्यायन गरि अन्तत policy रद्द नगर्ने टुंगोमा पुगेको थिए । उक्त समयमा permanent life insurance/IUL लिएर सही समयमा सही निर्णय गरेको ठानेको छु किनकी उक्त विमालेख खरिद गरेको कारणले आजकल एक किसिमको मानसिकरुपमा शान्ती मिलेको छ । त्यसो हुनुमा मुलत: आफु लामो समय जीवित रहे आफ्नो जीवनकालमा विभिन्न किसिमको आर्थिक व्यवस्था सहज हुने र केही गरि छोटो समयमै जीवनको अन्त्य भएमा परिवार आर्थिकरुपमा सुरक्षित रहने भएकोले समेत यो विमालेख उपयुक्त ठानेको छु । वास्तवमा term insurance तुलनात्मकरुपमा किफायती भएपनि खासगरि तोकिएको समयसिमा भित्र मात्र आफ्नो मृत्यु भएमा आफ्नो परिवारले विमांक पाउने प्रावधान रहेकोले त्यसलाई खरिद गर्नु उपयुक्त ठानिन् । जिवित छदै पनि आवस्यक आर्थिक व्यवस्थापन गर्न सहज हुने विशेषताको कारणनै permanent life insurance रोज्नु सान्दर्भिक ठाने जसले गर्दा आजकल आफु financially secure भएको महशुष भएको छ ।

           अत: जीवनविमा scamp कुनै पनि हालतमा होईन बरु कसले, कतिको, कस्तो, कुन प्रयोजनको लागी जीवन विमालेख लिदा उपयुक्त हुन्छ आवस्यक जानकारी सम्बन्धित भरपर्दो एजेण्ट वा Financial advisor को परामर्शमा लिनु उपयुक्त हुन्छ । पारिवारिक आर्थिक सुरक्षा र peace of mind को लागी समेत जीवनविमा गर्नु आवस्यक छ ।

         अन्तमा जीवनविमालेख खरिद गर्नेले पनि व्यापक रुपमा जानकारी लिएर र बेच्नेले पनि व्यापक रुपमा जानकारी दिएर तथ्य, सत्य, यथार्थ बुझाएर बेच्नु पर्ने देखिन्छ । अझै पनि कहिकतै जीवनविमा खरिद गर्नु अनावश्यक छ भन्ने भ्रम फैलाएको पनि पाईन्छ । त्यसो भन्नु भनेको नितान्त गलत मानसिकता हो र गहन रुपमा जीवनविमा बारे बुझ्न नसक्नु एवं त्यसको उपदेयितालाई नजर अन्दाज गर्नु हो । त्यसो त कार, हेल्थ, आईफोन, घर-सम्पति आदीको अनिवार्य विमा गर्ने तर आफ्नै जीवनको विमा गर्न अनेकन हावादारी अफवाहको पछि दौडिनु र हिच्चकिचाउनु कति उपयुक्त हुन्छ गहनरुपमा सोच्नु आवस्यक छ । वास्तवमा "अल्पज्ञान भयंकर" भन्ने उक्तिले गर्दानै कतिपय व्यक्तीहरु जीवनविमा प्रति नकारात्मक सोच राख्ने गरेका हुन सक्छन् । त्यसो हो भने आजैबाट गम्भिर भएर यसबारे सुझवुझ भएर अगाडी बढौ ।
           ( बाल्टिमोर, मेरिल्याण्ड अमेरिका)

, ,