महिलाले खोजेको अधिकार कि सशक्तिकरण ?


बिश्वबन्धु भण्डारी 
मेरो गाउँमा एउटा सानो बस्ती छ जहाँ कुमाल जातिहरुको मात्रै बसोबास हुन्छ, त्यहि जन्मेको र त्यहि हुर्केको भएरपनि कुमाल बस्तिको अवस्थाको वारेमा जानकार छु , त्यहि गाउँमा एकजना दिदी हुनुहुन्छ धनमाया (नाम परिवर्तन ) । मैले एस एल सी दिदाँसम्म कुमाल जातिवाट एकजनापनि एस एल सी पास गर्नुभएको थिएन त्यसैपनि अलि असिक्षित हुनुहुन्थ्यो ति दिदीपनि जस्लाई राम्रो सगँ आफ्नो नाम पनि लेख्न आउदैन ।

त्यहाँका युवाहरु धेरै जसो ४/५कक्षा पढ्ने अनि लाहुर जाने धेरै पहिले देखिको परम्परानै छ । तिनै दिदीका लोग्नेपनि बिहे गरेपछि २/३महिनामा पैसा कमाउन लाहुर जानुभयो केहि बर्ष त आउने जाने निरन्तर भईरह्यो तर एक सन्तान जन्मिसकेपछि भने उहाँ सम्पर्क बिहीन हुनुभयो न फोन न चिट्ठी न त घरमै फर्केर आउनुहुन्थ्यो लाहुरतिरै बेपत्ता हुनुभयो ।

सासु ससुराहरुले तेरै कारण मेरो छोरो हरायो भनेर ति दिदीलाई गाली गर्न थाले वल्तिरपल्तिरका छरछिमेकीहरुले पनि दिदीलाईनै दोष दिन थाले ,उहाँलाई घरवाट निकालियो र एक सन्तानका साथ सानो कटेरो वनाएर सासु ससुरासगँ छुट्टिएर बस्नुभयो, दिनरात ज्यालादारी गरेर आफ्नो र सन्तानको ज्यान पाल्दै आउनुभयो ।

 एक समय गाउँमा क्रियासिल केहि राजनितीक दलका नेताहरु उहाँको घरमा गएर अधिकारका कुरा गर्दै सासु ससुरासगँ मुद्दा लड़ेर सम्पत्ति लिनका लागि उकासे , उहाँपनि अधिकार प्राप्तीका लागि अदालतसम्म पुग्नुभयो सासु ससुरालाई प्रतिपक्ष वनाएर मुद्दा लड्नुभयो, केहि समय त उहाँ मुद्दाको तारिख वोक्नकालागि सदरमुकाम आउजाउ गर्नुभयो तर पछि त सदरमुकाम जाने गाडीभाडा पनि नहुदा अदालतले वोलाएको समयमा अदालतमा उपस्थित हुनै नसक्ने हुनुभयो हिजो उकासेका ति नेताहरुले पैसा सापटी पनि दिएनन् आज करिव १० बर्ष जति भो ति दिदी अझैपनि सम्पत्तिका लागि या भनौ अधिकारका लागि लडिरहनुभएको छ तर हात लाग्यो शून्य ।

त्यहि गाउँमा अर्कि एउटी दिदी धनमाया (नाम परिवर्तन ) । हुनुहुन्छ,  उहाँको कथा पनि उस्तै, लोग्ने हराउनु, सासु ससुराले घरवाट निकाल्नु, वल्तिर पल्तिरकाले वेवास्ता गर्नु यि सवै घटना उहाँको जिवनमा पनि आए उहाँको घरमा पनि गए अधिकारका कुरा गर्दै स्थानिय राजनितीक दलका नेताहरु र उसैगरि उकासे सम्पत्ति प्राप्तीका लागि अदालतमा ग़एर मुद्दा लड्न । राजनितीक दलको त्यो उकास्ने प्रवृति भन्दा उहाँलाई स्थानिय महिलाहरुको सल्लाहा मनपर्यो र स्थानिय महिलाहरुकै सहयोगमा मैनवत्ति वनाउने, अगरबत्ति वनाउने र मुढा वुन्ने तालिम लिनुभयो, स्थानिय महिलाहरुले सन्चालन गरेको महिला आय आर्जन कोषवाट ऋण लिएर मेसिनहरु र चाहिने सामाग्रिहरु किन्नुभयो र आफै व्यावसाय सुरु गर्नुभयो, रातदिन परिस्रम गरेर मैनवत्ति, अगरवत्ति वनाउने अनि नजिकैका शहरहरुमा लगेर वेचेर रक़म संकलन गर्न थाल्नुभयो आज मनमाया दिदीका २ छोराछोरी स्थानिय अंग्रेज़ी स्कुलमा पढ्दैछन् , हिजो हराएका लोग्ने पनि घरमै फर्केर मनमाया दिदीलाई सहयोग गरिरहेका छन् दुवै मिलेर व्यावसाय गरेका छन् घरवाट निकालेका तिनै सासु ससुराहरुले बत्ती गएका वेला मनमाया दिदीकैवाट मैनवत्ति लगेर वालेका छन् पैसा सापटी चाहिदा उनै वुहारीसगँ सापट मागेका छन् ।

मैले प्रत्यक्ष देखेका यि २ पात्रहरुको सुरुवाती संघर्षका दिनहरु एउटै थिए, लोग्ने, सासु ससुरा आफन्तजन र समाजको अवहेलना दुवैले सहनुभयो तर अचेल मनमाया दिदी र धनमायामा धेरै परिवर्तन भएको छ , धनमाया दिदी अधिकार प्राप्तिमै भुलिरहनुभयो, अधिकारको खोजीमै भौतारिदा भौतारिदै दोवाटोमै अल्झिएकी छिन् अव कता जाने गन्तव्य निश्चित छैन न लोग्ने साथमा छन् न सासुससुरा न माईती न त आफन्ती र समाज , अधिकार प्राप्तीकै पर्खाईमा नित्तान्त एक्ली भएकी छिन् भने यता धनमाया दिदी भने अधिकारका लागि कहिल्यै लडिनन् कहिल्यै कसैसगँ मुद्दा लडिनन्, अधिकार प्राप्ति भन्दापनि सिप अभिवृद्धि, ससक्तिकरण र आफै केहि गरेर देखाउने भन्ने साहस वटुलेर अगाडी बढिन आज सफल पनि भएकी छिन् उनले अधिकार माग्नै परेन कसैसगँ खोसेर लिनै  परेन जव उनि आफै आत्मनिर्भर वनिन् अधिकार उनलाईनै खोज्दै आयो ।

मेरा आदरणीय दिदी वहिनीहरुलाई मेरो प्रश्न : "तपाईहरुलाई चाहिएको अधिकार कि सशक्तिकरण ? " अवको महिला मनमाया दिदीजस्तै होस् भन्ने कि धनमाया दिदीजस्तै ? देशभर महिला अधिकारका कुरा चलिरहँदा मेरो यो लेख पढेर कतिपय दिदीवहिनीहरुलाई लाग्दो हो यस्ले महिलाको बिपक्षमा लेख्दैछ ।

 दश औला जोडेर विन्ती गर्छु नमन गर्छु सम्मान गर्छु सधै अधिकारका कुरा मात्रै गरेर समय वर्वाद नगर्नुहोस् अधिकार मागेर खोसेर लिने होईन तपाई सक्षम वन्नुहोस् आत्मनिर्भर वन्नुहोस् अधिकार माग्न पर्दैन तपाईलाईनै खोज्दै आउँछ , म गाउँमा जन्मेर गाउँमै हुर्केको पुरुष हुँ तपाईहरुको परिभाषाले मलाई सासक वनाएको छ तपाईहरुको दृष्टिमा हेप्ने प्रवृतिको हुदो हुँ तर एउटा कोदोको रोटी खाएर दिनभर मेला गरेर आउँदापनि सासुले खान नदिएर भोकै सुतेका आमाहरुको दुख देखेको छु , वच्चा जन्माउनु भन्दा अगाडी दिनभर भारी वोक्दै गर्दा वेथा लागेर वारीमै वच्चा जन्माएकी अन्टीहरुको पिडा देखेको छु , बिदेशमा पसिना चुहाएर पैसासगँ जिन्दगी साट्दै गरेका दिदीहरुको यथार्थपनि देखेको छु अनि शहरको महल भित्र सोफामा बसेर खुट्टा हल्लाउदै छानी छानी हिन्दी सिरियल हेर्दै वसेका भाउजुहरुपनि देखेको छु ।

अव भन्नुस हजुरहरुले मागेको अधिकार कस्का लागि ? बिध्यादेविलाई राष्ट्रपति वनाउदै गर्दा, ओनसरीलाई सभामुख र सुसिला कार्कीलाई प्रधान न्यायाधिस वनाउदै गर्दा तपाईले के पाउनुभयो ? मेरी गाउँकी आमा एकछाक खानका लागि कुटो कोदालो चलाउनु नपर्ने भएको हो ? या मेरा भाउजुहरुलाई एकसरो कपड़ा किन्न लोग्ने गुहार्नु नपर्ने भएको हो ? महिलाले अधिकार पाएर आख़िर  परिवर्तन के भयो र खै ?

 मागेको रोटीले एकछिन पेट भरिएपनि सन्तुष्टि मिल्दैन त्यस्तै हो महिलाहरुले मागेर पाएको अधिकारले महिलालाई कहिल्यै आत्मनिर्भर र सक्षम वनाउदै वनाउदैन त्यसैले मैले वारम्वार भन्ने गरेको छु अधिकार मागेर होईन आत्मनिर्भर वनेर आफै लिनुपर्छ कसैले अधिकार दिने होईन तपाई आत्मनिर्भर वन्नुभयो भने अधिकार तपाईलाई खोज्दै आउनेछ पहिले तपाई आत्मनिर्भर वन्नुस अनि हेर्नुस् त कुन चाहि पुरुषले तपाईलाई हेप्ने साहस गर्दो रहेछ ? नारिदिवसको सुखद अवसरमा सवै महिला दिदी वहिनीहरुलाई शुभकामना

,