बानाको अध्यक्षमा अनसुया श्रेष्ठ वन्त बिजयी


बाल्टिमोर,

बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को निर्वाचन हालै सम्पन्न भएको छ | निर्वाचनबाट अध्यक्षमा अनुसुया वन्त र बरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्त बिजयी भएकी छिन |

कुल खसेको ६४२ मत मध्ये वन्तले ३१२ मत प्राप्त गरि विजयी हुनुभएको हो भने अध्यक्ष पदका प्रत्याशीहरु सतिश चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए l यसैगरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४४८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरे र १६ मत बदर भएको थियो l

 अन्य पदमा पहिल्यै सर्बसम्मत गरिएको थियो | सर्बसम्मत हुनेहरुमा उपाध्यक्षमा जनक पौडेल, महासचिवमा संदेश खडका, सचिवमा  हिरालाल गुरुङ, कोषाध्यक्षमा लक्ष्मी भारती, आईटी डाईरेक्टरमा चिरन्जीवी अमगाई,  मेम्बेर्शिप  डाईरेक्टरमा सागर घिमिरे हरेक छन |त्यस्तै सदस्यहरुमा राजु पराजुली, सन्तोष पौडेल, अरुण श्रेष्ठ, बिष्णु  श्रेष्ठ, सुरेश दर्पण पोखेरल, हिराबहादुर खत्री र रघुनाथ भट्टराई रहेका छन् |

धरम बिश्वकर्मा संयोजक रहेको पदम पुन, किरण पन्थ, मंगल महर्जन र  रामकृष्ण भट्टराई  सम्मिलित  ५ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो |

,