नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन अप्रिल १० मा



बिश्वबन्धु भण्डारी
नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन आगामी अप्रिल १० तारिखका दिन केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टको उपस्थितिमा टोकियोमा हुने भएको छ । अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्नुका साथै प्रबासबाट कलम चलाईरहेका उत्कृष्ट पत्रकार १ जनालाई हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार कोष स्थापनाको घोषणा गरिने भएको छ ।

अधिबेशनको बिहानी सत्रमा महासंघको आन्तरिक बन्दसत्र हुनेछ भने अपरान्ह पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम हुनेछ । तत्पश्चातको खुल्ला कार्यक्रममा नयाँ कार्यसमितिको घोषणासभा हुने कुरा अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताउनुभयो ।

आगामी कार्यकालका लागि नयाँ नेतृत्वको टिम निर्माण गर्न सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा महासंघकी केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहनुभएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने बताईएको छ ।

,