तोचिगीमा हालसम्मकै ठूलो धनराशीको फुटसल टुर्नामेन्ट हुँदै




बिश्वबन्धु भण्डारी, टोकियो

गैर आवासिय नेपाली संघ तोचिगी क्षेत्रीय कमिटी र नेवारी किचेनको संयुक्त आयोजनामा आउँदो अप्रील २ तारिखमा तोचिगीमा फुटसल टुर्नामेन्ट हुने भएको छ ।

तोचिगीमा हुन लागेको यो टुर्नामेन्ट जापानमा नेपालीहरूले आयोजना गर्दै आएको टुर्नामेन्ट हरूमध्ये हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको पुरस्कार फुटसल टुर्नामन्ट भएको आयोजकले जनाएको छ ।

तेस्रो युएफएन कप अर्थात् युनाईट फर नेप्लिज नाम दिएर आयोजना गरिएको यो टुर्नामेन्टलाई काल भैरवले सहयोग गरिरहेको छ भने कार्यक्रमको संयोजक बिनोद गुरुगंले रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने समुहले तल उल्लेखित नम्वरहरुमा सम्पर्क गरि सहभागीता जनाउन सक्ने टुर्नामेन्ट प्रचार प्रसार कमिटीका राजु पनेरुले जानकारी दिनुभयो ।

आयोजक संस्था एनआरएनए तोचिगीका सल्लाहकार तथा फुटसल टुर्नामेन्टका प्रचार प्रसार प्रमुख समेत रहनुभएका राजु पनेरुका अनुसार फुटसलमा प्रथम हुने समुहले ट्रफि सहित ५ लाख जापानी येन पुरस्कार पाउने छ ।

यस्तै, दोस्रो हुने टिमले २ लाख येन नगद पुरस्कार पाउने भएको छ ।


,