महिला क्षमताको पहिचान र त्यसको उपयोगीता आजको अपरिहार्यता




कला पन्त 
 सन्सारभर बिस्वा महिला दिबस मनाइरहदा हाम्रो नेपाली समाजमा भने महिला विरुद्ध भएका हिंसाको श्रृङखला भने आज पनि थोरै छैन, 20औ सताब्दिको तुलनामा 21औ सताब्दिमा महिला हरुको पहुँच र केही सुधार भने आएको छ! तर सुधार शहर केन्द्रित छ! दुर्गमस्थान हरुमा महिलाहरुको हिंसा बढदो छ,बालबिबाह,बहुबिबाह,देहब्यापर,चेलीबेटी बेचबिखन ,दाइजोप्रथा,बोक्सी को आरोप,छउपडि प्रथाले अजै समाज ग्रसित छ हरेक हिंसा ले महिलालाई मानसिक वा सारिरिक तनाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दिराखेको छ!मानवअधिकारकर्मीहरु अनि महिलाअधिकारकर्मी अनि विभिन्न NGO&INGO हरुले महिलाहरुको हिंसा विरुद्ध विभिन्न कार्यक्रमहरु ल्यायातापनी अधिक कार्यक्रमहरु शहरमुखी भैदिनाले अनि भासणमुखी भइदिनाले दुर्गमबस्तीका महिलाहरुको न जीवनसैलिमा परिवर्तन देखिन्छ  न यतिसम्मकि उनिहरु आधारभुत शिक्षा र आधारभुट स्वास्थसुबिधा बाटनै बन्चित देखिन्छन् !

         महिला हिंसाका उदाहरण खोज्ना आज कुनै किताबहरु पल्टाइरहनुजरुरी छैन!समाजमा हरेक पाइला पाइलामा महिला हिंसा बाट पीडित महिलाहरु भेट्इन्छ्न! राजनिती,पेसा ,शिक्षा ,यातायात वा स्वाम घरमानै किननहोस महिलाहरु सारिरिक वा मानसिक दबाबमा परेको थुप्रै उदाहरणहरु जिबित छ्न! अहिले आएको यसिड आतंक पनि अति नै क्रूर महिला हिंसा हो जस्लाइ राज्यले प्रभाबकारी निति ल्यायर तत्काल रोक्नु पर्छ! यातायात ,स्वास्थ र  शिक्षामा समाजले निकै फडको मारेतपनी दुर्गमगाउँमा बसोबास गर्ने महिलाहरुले भने समाज परिवर्तनको न्यून अनुभुती गरेका छ्न !

आधा आकाश ओगटने महिला भएतापनि विभिन्न अधिकार बाट महिलाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बन्चित हुनु परेको छ! राज्यको संरचनाले नै महिलाहरुको सहि र न्यायपुर्ण प्रतिनिधित्व गराउन सकेको छैन ! हिंसाका विरुद्ध जबसम्म प्रभावकारी कानुन बन्दैन वा बनेका कानुन लागू हुदैन तबसम्म महिलाहरूलाई न्याय र मुक्ति मिल्दैन ! सानो कुरामा पनि ठुलो तनब झेल्नुपरेको छ महिलाहरुलाइ,दुर्गम ठाउमात झन महिलाहरु आधारभुत शिक्षाको पहुँच समेत पाउन नसकेको थुप्रै उदाहरणहरु छ्न ! जबसम्म महिलाले आधारभूत शिक्षा पाउन असक्षम हुन्छन् तब सम्म महिला आत्मनिर्भर बन्न सक्दैनन् !
     नेपालमा बिगत ०६२/०६३ को जनाआन्दोलन पश्चात् बनेको अन्तरिम संविधान  २०६३ ले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गर्नुको साथै आरक्षण,सकारात्मक विभेद र नितिहरुमा स्थापित गरेको छ!येस्ले महिलाको लागि विभिन्न क्षेत्रमा बाटो खुले पनि खासै उल्लेखनीय काम गरेको देखिदैन !हाम्रो समाजमा यदाकदा पढ्दा पढ्दै बलजफ्ती छोरिको बिबाह गरिदिने अज कति परिबारमा त छोरिलाइ ठुलो बोझको रुपमा लिने अनि बिबाह गरेर चाडैं दिए पछि ठुलो समस्य को समाधान भएको महसुस गर्ने परिबार पनि यदाकदा भेट्न सकिन्छ!छोरिले अक्षर मात्र चिने मात्रा हुन्छ भन्ने मानसिकता पनि नभएको होइन! जुनकुराले महिला शिक्षामा ठुलो अवरोध खडा गर्द्छ!
      पश्चिमिमुलुकमा महिलाहरु साक्षरत दर उच्च छ जस्ले गर्दा उनिहरुमा आत्मबल ,आत्मबिस्वास अनि आत्मनिर्भर छ्न अनि उनिहरु निरधक्क काम गरेर कसैको दबाबमा नपरी स्वतन्त्रपुर्बक जीवन यापन गरेका छ्न,हाम्रो देसमा अशिक्षा ,अज्ञानताका कारण आफुले भोगेका पिडाहरु पनि बाहिर प्रस्फुटन नगरी भित्र भित्र लुकाउन बाध्य छन!विश्वाको कुल नीरक्षर दर मध्ये करिब ६७%महिलाहरू नीरक्षर छ्न हाम्रो जस्तो बिकाशसिल रास्ट्रको निर्धन परिबारमा त झन् महिला शिक्षाको स्थिति दयनीयनै छ,
    इथोपिया-३५.१%
     नाइजेरिया -१५.१%
     भारत-६५.४%
        बङलादेस-५२.२%
        पाकिस्तान -४०.३%
        नेपाल-६५.९%

बिकाससिल रास्ट्रको तुलनामा बिकसित मुलुकहरूमा महिला साक्षरतदर उच्चारहेको छ जस्ले गर्दा विकसित मुलुकहरुमा महिलाहरुले हिंसा पनि खेप्नु पर्दैना!

अस्ट्रेलिया -९९%
डेन्मार्क -९९%
नर्बे-१००%
सयुक्त राज्य अमेरिक -९९%
बेल्जियम -९९%

 जति जति नारी शिक्षित हुन्छ्न उति उति परिबार,समाज अनि मुलुक विकसित गतिमा दौडन्छ!
     नेपाली समाज हिन्दु आर्यन संस्कृतिमा आधारित छ!कुनै पनि धर्मले महिलाप्रती भेदभाव गरेको तथ्य उल्लेख गरेको पाइदैन तर यहाँ धर्मको गलत ब्याख्या गरि महिलाहरुप्रती भेदभावपूर्ण ब्याबहार बर्षउ देखि चलिआएको पाइन्छ। महिलाहरुको अधिकार संरक्षन गर्न तथा महिला दिबस मनाउन विभिन्न निकाय नखोलियका होइनन् तर अपसोच अधिक निकायहरुले आफ्नो कार्या क्षेत्र  सुगम ठाउ मात्रै  बनाउने तर्खरमा लागे जस्ले गर्दा दुर्गम स्थानका महिला हरु अझै पनि आधारभुत कुराहरु सङ पनि बन्चित देखियो जो जीवन सङ अपरिहार्य छ! गर्भास्था मा कसरी सजगता अपनाउने?परिबार नियोजन का साधनहरु कसरी उपयोग गर्ने?? सुत्केरी अबस्थामा कसरी खानापान गर्ने?नबजात सिसुलाइ स्थानपान कसरी गराउने?

कति बर्षलाई गर्भधारण गर्ने उपयुक्त समय मान्ने? जस्ता आधारभुत शिक्षा बाट अझै पनि दुर्गम स्थानमा बसोबास गर्ने महिलाहरु अनभिज्ञ नै छ्न! महिलाको हक र हितका लागि खोलिएका निकायहरुले आफ्नो कार्या क्षेत्र  बिस्तार गर्नु सक्नु पर्द्छ! अन्तर्राष्ट्रिय नारिदिबस् को दिनमा मात्र नभएर हरेक पल नारी हिंसा रोक्नालाइ जोडदार आबाज उठाउनु पर्द्छ! काठमाडौका चिल्ला सडक र पाँचतारे होटेलमा मात्र महिला दिबस र अधिकारका बारेमा नारा घन्काउने महिला अधिकारकर्मीहरु अनि राजनीति नेताहरु अछाम , डोटी ,रुकुम,रोल्पा र दार्चुलाका महिलाहरूको बस्तु स्थिति बुझ्न् जरुरी छ !

    अन्त्यमा अन्तरास्ट्रिय महिला दिबस् को उपलक्ष्यमा सन्सार भरका कुनै पनि महिलाहरू महिला हिंसा बाट पीडित हुन नपरोस् !नेपालमा  विद्यमान महिला हिंसा हरु पुर्ण रुपमा निराकरण होस,सबै महिलाहरु स्वतन्त्रपुर्बक बाच्न पाउन,महिलालाई हेर्ने नकारात्मक मानवीय सोच परिवर्तन होस !महिला शसक्तिकरण तीब्र रुपमा अगाडी बढदै जाओस!समाज ,शिक्षा ,रोजगारी र राजनीतिमा महिलाहरुको प्रभाबकारी सहभागीता बढदै बढदै जाओस् कुनै महिला कहिल्यै पनि महिला हिंसा बाट पीडित हुन नपरोस् सबै नारीहरुलाइ अन्तर्राष्ट्रिय नारी दिबसको मुरि मुरि सुभकामना!सुभकामना!!!!!

,