टोकियोमा "काव्य मुशायरा जापान" हुदै


बिश्वबन्धु भण्डारी

गोल्डेन विकको अवसर पारेर जापानमा रहेका नेपाली साहित्यकारहरुको समुह जापान साहित्यिक चौतारीको सक्रियतामा काव्य मुशायरा जापान " हुने भएको छ ।

जापान साहित्य चौतारी नामको फ़ेसबुक ग्रुपमा  रचनाहरु सुन्ने सुनाउने, पढ्ने र सियर गर्दै आएका अक्षरलाई मन पराउने साहित्यिक मनहरुको बिषेश पहलमा आगामी मे २ मंगलवार जापानको टोकियोमा रहेको नेपाली मुरा हल सोलमारीमा साहित्यकारहरुको जमघट हुने भएको ग़ज़लकार अर्जुन दृष्टिले जानकारी गराएका छन् ।

 परिवर्तनका लागि साहित्य भन्ने अभियानका साथ हुन लागेको साहित्यकारहरुको बिषेश जमघटलाई जतिसक्दो रचनात्मक बनाउन जापानमा रहेका साहित्यिक मनहरुलाई उत्साहजनक सहभागीताकालागी अर्का ग़ज़लकार रविन शर्माले अनुरोध गरेका छन् |

जनवरी महिनामा जापानको टोकियो मै कफि कक्टेल नामको साहित्यिक भेटघाट गरेका युवा साहित्यकारहरुको समुहले गर्न लागेको यो दोस्रो कार्यक्रम हो ।

, ,