लोकतन्त्रको रक्षक कांग्रेस मात्र होः देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षक नेपाली कांग्रेसमात्र भएको र स्थानीय तहको निर्वाचनमा कांग्रेस नै विजयी हुने बताएका छन्।

बुधबार पोखरामा प्रदेश नम्बर ४ चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रको रक्षक आफ्नो पार्टी मात्रै भएको दावी गर्दै निर्वाचनमा विजयी गराउन सबैमा अपिल पनि गरे। कार्यक्रममा देउवाले देशको हरेक परिवर्तनमा नेपाली काग्रेसले अगुवा भूमिका निर्वाह गरेको स्मरण गर्दै अवको चुनावमा पनि कांग्रेस विजयी हुने दाबी गरे। उनले एमालेका कारण पहाड, हिमाल र तराईमा द्धन्द्धको बीउ रोपिएको आरोप समेत लगाए।

सभापति देउवाले जित्न सक्नेलाई मात्रै स्थानीय तहको उम्मेदवार दिने पनि स्पष्ट पारे। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले दक्षिण एसियाकै उत्कृष्ट संविधान निर्माण गर्ने नेतृत्व गरेकाले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जनताले अत्याधिक बहुमतले विजय गराउने विश्वास व्यक्त गरे। उनले राष्ट्रवादको नाममा एमालेले जनतामा भ्रम छर्ने काम गरेको आरोप पनि लगाए।
नेपाली काँग्रेसल अहिले प्रदेश स्तरीय चुनावी सभा चलाइरहेको छ।

, ,