युवासंघको नयाँ नाराः एक बुथ हन्ड्रेड युथ -नरेश शाही, युवा सङ्घ सचिव



सरकारले यही वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । यो निर्वाचन इतिहामा धेरै महत्वपूर्ण छ । यसको महत्व यसकारण छ कि संविधान कार्यन्वयनको पहिलो खुड्किलो पनि यही निर्वाचन हो । यो निर्वाचन संविधान कार्यान्वयनको आधारशिला हो ।
नेकपा एमाले अहिले प्रतिपक्ष दल हो । एमालेलाई सबैभन्दा बढी देशको चिन्ता छ । यो देश कतातिर लैजाने भनेर बहसको केन्द्र भागमा छ । यो निर्वाचन सफल भएमा देश एक स्टेप अगाडि प्रगतिको बाटोमा जाने छ । यो निर्वाचन नेकपा एमालेले जित्नु पनि त्यति नै आवश्यक छ । एमालेले जितेन भने यो देशमा राष्ट्रियता खतारामा पर्ने छ । विकासमा देश जाँदैन । त्यसकारण यो निर्वाचन जसरी पनि एमालेले जित्नु पर्छ ।
एमालेका धेरै जनवर्गीय सङ्गठनमध्ये एक हो– युवा सङ्घ नेपाल । यो एमालेको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । यो मेरुदण्डले पार्टी कस्तो बनाउने भन्ने पनि हुन्छ । मेरुदण्डा ठीक भएमात्र मान्छे उभिन सक्छ । हिँड्डुल गर्न सक्छ । यही हो युवा सङ्घ एमालेका लागि । त्यसकारण हामीले निर्वाचन एमालेले जित्नुपर्छ भनेर मात्र हुँदैन । यसका लागि युवा सङ्घ फिल्डमा खटिनु आवश्यक छ ।

घरघरमा युवा सङ्घ
अहिले युवा सङ्घ हरेक नेपालीको घरघरमा पुगेको छ । यसका लागि केन्द्रमा निर्वाचन परिचालन समिति बनाएका छौँ । यो क्रम हरेक जिल्ला जिल्लामा र गाउँ गाउँमा लागू गरेका छौँ ।
युवा सङ्घ यो निर्वाचन जित्नमा कुनै कसर छोड्दैन । यो भनिरहँदा गलत बाटोबाट होइन । लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएर निर्वाचनमा होमिने छौँ । यसको काम भनेको एमालेका नीति कार्यक्रम र एमालेले जितेपछि के गर्छ ? यसको मुख्य उद्देश्य के हो ? यो सबै कुरा युवा सङ्घले हरेक नेपालीलाई बुझाउने छ ।
नेपालमा भ्रष्टाचार बढेको छ । यो रोक्न एमालेले जित्नु छ । नेपाली काङ्ग्रेस के हो ? उसका नेताहरुका विगत हरेक नेपाली जनतालाई सुनाउनु पर्छ । काङ्ग्रेसका स्थानीय भ्रष्टाचारीहरुलाई पनि यही निर्वाचनबाट पाखा लगाउन युवा सङ्घ हरदम तयार छ ।
यो देशलाई भ्रष्टाचार मुक्त बनाउनु छ । यसका लागि एमालेको हातमा स्थानीय तहदेखि सङ्घीय निर्वाचन जित्नु अनिर्वाय छ ।

युवा सङ्घमा कुनै विवाद हुँदैन

कुनै पनि जीवित सङ्गठनमा विचारको बहस हुन्छ । विवाद हुन्छ । छलफल हुन्छ । यो बहस, विवाद छलफल ध्वंशात्मक होइन, निर्माणात्मक हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन । यदि सङ्गठनमा बहस छलफ भएन भने त्यो सङ्गठन मृततुल्य हुन्छ । बहस छलफ हुने भनेको जीवित प्राणीमा हो । त्यसकारण सङ्गठन भनेको जीवित हुन्छ । अझै हामी कम्युनिस्टमा यो बढी हुन्छ । हरेक वस्तुलाई द्वन्द्ववादी तरिकाले हेर्छौं । त्यसकारण सङ्गठनमा हुने बहस छलफल भनेका वैचारिक हुन्छन् ।

यो विचारको बहसले एमालेका उम्मेदार हराउने भन्ने हुँदैन । पार्टीले टिकट दिएका उम्मेदारहरु नै हामी सबैका उम्मेदार हुन् । एमालेका उम्मेदारले जित्नु नै अबको राज्य व्यवस्था कस्तो हुने भन्ने हो । संविधानमा नै अब देश समाजवादमा जाने छ भनेको छ । यसको आआफ्नै तरिकाले अर्थ लगाउन थालेका छन् । तर यसको वास्तविक अर्थ कम्युनिस्टमा आधारित समाजवाद हो । यसका लागि एमाले नै जित्नुपर्छ । नेपाली काङ्ग्रेसले भन्ने गरेको समाजवाद भनेको पुँजीवाद नै हो । उसले समाजलाई देशलाई समानतामूलक समाज निमार्ण गर्दैन । यस्तो समाज निमार्ण गर्न कम्युनिस्ट नै चाहिन्छ । माओवादी केन्द्र अहिले अस्तित्व रक्षामा लागेको छ । उसले जित्ने सम्भावना धेरै कम छ । अहिलेको प्रतिस्पर्धा भनेको काङ्ग्रेस–एमालेको हो । यदि यो निर्वाचनमा काङ्ग्रेसले जित्यो भने देश भ्रष्टाचार, गरिबीमा डुब्ने छ । यसकारण युवा सङ्घ एमाले जिताउन टाउकोमा रातो कफन बाधेर निर्वाचनमा होमिन्छ ।

एक बुथ हन्ड्रेड युथ
यो निर्वाचनमा युवा सङ्घले हरके मतदातालाई मतदान केन्द्रमा पुगेर मतदान गर्न सहयोग गर्ने छ । कसैले मतदान केन्द्रमा गडबढी गर्न खोज्यो भने त्यसका विरुद्ध पनि लाग्ने छ । शान्तिपूर्ण रुपमा मतदान गर्न युवा सङ्घ महत्वपूर्ण भूमिका खेल्ने छ । हामीले भनेका छौँ एक बुथ हन्ड्रेड युथ । यी युथहरुले निर्वाचन क्षेत्रमा कसैले निर्वाचन विथोल्न खोज्छ भने त्यसलाई रोक्ने छ । अहिले निर्वाचनमा सबैको चासो बढेको छ । करिब करिब दुई दशक पछि हुन गइरहेको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचन बल्ल अहिले हुँदै त्यो समयमा जन्मेको मान्छे अहिले भोटर भइसकेको छ । अब पनि निर्वाचनभएन भने देश बर्बादीतिर जान्छ । देशलाई बर्बादी हुनबाट बचाउन युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ ।

युवाहरुले नेतृत्व पाउनुपर्छ
समाज परिवर्तन गर्नमा जति युवाको भूमिका हन्छ । त्यति अरुको हुँदैन । अरुको हुँदै हुँदैन भनेको होइन । तर युवाहरुको भन्दा कम हुन्छ । किनभने युवा भनेको दिमागले स्वस्थ र शारीरिक रुपमा स्वस्थ र पारिवारिक रुपमा पनि कम जिम्मेवारी कम हुन्छ । उसले अरुका लागि काम गर्नुपर्छ भन्ने सोच हुन्छ । जब मान्छे ४० को उमेरभन्दा माथि हुन्छ । उसले घर परिवारलाई बढी ध्यान दिन्छ । ६० भन्दा बढी उमेरकाहरुले रिटार्यड जीवन जिउने हो । यो कुरा एमालेले बुझेको छ । हामीले पनि पार्टीलाई सकेसम्म बढी भन्दाबढी युवाहरुलाई टिकट दिनुपर्छ भनेका छौँ । कृष्ण गिरीसँगको कुराकानीमा आधारित यो समाचार रातोपाटी डटकममा प्रकाशित छ |

,