हामी नेपालीहरुको लागी एनआरएन नै किन आबश्यक छ त? - सुशिल रेग्मी


      " आफू जन्मेको ठाउँ र जन्मदिने आमा, बुबालाई कदापी हामीले बिर्सनु हुदैन " भन्नको  लागी नै एनआरएनको जन्म भएको हो | अरु पनि छन्, जस्तै:
  (क) नेपालको धर्म, सँस्कृति तथा कलाको जगेर्ना गर्न,
  (ख) भाबी पिडीलाई अमेरिकी राजनीतिमा समाबेश गराउन,
  (ग) नेपाल सरकार तथा अमेरिकी सरकारका अँग सँग समन्वयको रुपमा भूमिका खेल्न ,
  (घ) नेपालमा आबश्यक परेको बेला आकस्मिक सहयोग  र सामुहिक लगानी गर्न,
  (ड.) अमेरिकन government समक्ष हाम्रो minority प्रस्तुत गरी U.S. government ले अन्य एशियन देशका जनतालाई दिए सरहको     सुबिधा हाम्रा जनताले पनी प्राप्त गर्न ,
  (च) दोहोरो नागरिकता प्राप्त गर्न,
  (छ) दोहोरो करको अन्त गर्न,
  (ज) नेपालमा उत्पादित बस्तु अमेरिकी देशमा प्रवेश गराउन!


तर  NRN USA को क्रेडिबिलिटी  खस्कदै गएको भन्ने धेरै गुनासा आउछन | यसरि खस्कदै जानुको मुख्य कारण अथबा NRN USA प्रती नेपाली जनता स्व: स्फूर्त रुपमा प्रवेश नगर्नु पर्ने कारणहरु छन् | म त्यसलाई क्रमबद्द गर्न चाहन्छु :-

(क) नेताहरुमा ईमान्दारीता र पारदर्शिता नहुनु (moral Ethic नहुनु),
(ख) NRN व्यापारी बर्गको सँस्था बन्दै जानु ,
(ग) नेपाली राजनीतिकों प्रभाव NRN मा बढी प्रर्दै जानु,
(घ) NRN मा युबा शक्तीको रुची नहुनु,
(ड.) USA मा राजनिति गरी नेपालमा आफ्नो परिचय बनाउने भित्री चाँहना केन्द्रीत हुनु !

(३)NRN USA प्रती स्व: स्फुर्त रुपमा नेपाली जनता आफै प्रवेश गर्ने  कुराहरु:-

(क) NRN USA एक सामाजिक सँस्था भएकोले यस पबित्र सँस्थामा आउन चाहने कुनै पनी प्रभुत्व बर्ग , बुद्धिजिबीलाई कुनै पनी प्रकारको छेकबार नलगाई कुनै पनि पदमा उम्मेदवार बन्न पाँउने अधिकार प्रदान गर्नु पर्दछु !
(ख) एकै वर्ष NCC तथा ICC मा दुबै तर्फ उम्मेदबार बन्न रोक लगाउनु पर्दछ,
(ग) NCC तथा ICC को अध्यक्षको पदमा उम्मेदवारी दिने व्यक्ती कम्तीमा पनी व्याचलर डिग्री हाँसिल गरेको हुनु पर्दछ साथै उनमा अग्रेजी लेख्न र बोल्न सक्ने क्षमता भएको हुनु पर्दछ ,
(घ) यस पवित्र सँस्थामा ३६५ दिनै सदस्य बन्न पाँउने बाताबरण श्रृजना गर्नु पर्दछ साथै सदस्य बन्दा photo ID  समाबेश गर्नु पर्ने नियम लागू गर्नु पर्दछ ,
(ड.) समाज सेवाको यस पवित्र सँस्थालाई राजनीतिबाट परै राख्नु पर्दछ ,
(च) तालिम तथा स्व:रोजगारको विकाश गरी नेपाली जनताको जीवन स्तर उकास्ने काम गर्नु पर्दछ! २ बर्षमा कम्तीमा ३००० नेपालीलाई  बिभिन्न खाले तालिम प्रदान गर्नु पर्दछ,
(छ) आफू स्वयम मालिक बन्ने परिपाटीको बिकाश गर्न "एभरेष्ट फेडरल क्रेडिट यूनियन" मार्फत न्यूनदरमा ऋण लिई आफ्नो व्यवसाय सँचालन गरी आफै मालिक बन्ने प्रबृतिको बिकाश गर्नु पर्दछ,
(ज)  यहाँका सबै जनताहरु सँग सानो amount उठाई नेपालमा बैक, अस्पताल,सडक तथा बिधुतका क्षेत्रमा लगानी गर्ने बाताबरण श्रृजना गर्नु पर्दछ,
(झ) लोकल कम्यूनिटीहरु सँग हातेमालो गरी शिक्षा तथा सँस्कृतिको जगेर्ना गर्ने बाताबरण बनाउनु पर्दछ,
(अ्य) ५ बटा बिकाशसिल क्षेत्र न्यूयार्क, बासिगटन डिसी , टेक्सास, क्यालीफोरनिया तथा लस एन्जलसमा सामूहिक भवनको विकाश गर्नुका साथै यहाँका नेपालीहरुका बच्चाको लागी नेपाली पाठशालाको स्थापना गर्नु पर्दछ ,
(ट) अमेरिकामा बसोबास गरेका नेपाली समूदायको हितका लागी कानूनी , शिपमूलक तथा ज्ञानमूलक तालिम कार्यक्रम प्रदान गर्ने,
(ठ) नेपालबाट पढ्न आएका बिधार्थी तथा नयाँ ब्यक्तीहरुलाई ईमिग्रेशन सम्बन्धी समस्या हुने भएकोले आबश्यक पर्ने क़ानूनी सल्लाह सुझाव तथा निःशुल्क क़ानूनी सहयोग प्रदान गर्ने,
(ड) दोश्रो पुस्तालाई नेपाली भाषा, कला , सँस्कार र सँस्कृतिको जानकारी गराउन उनीहरु प्रती लक्षित गरी बिषेश कार्यक्रमहरु आयोजना गर्ने !

(हाल एन आर एन अमेरिकाका बोर्ड अफ डाईरेक्टर रेग्मी २०१५-२०१७ को लागी आईसिसिका उमेद्वार पनि हुन् |-सम्पादक )

, , ,