तुलसी घिमिरेको ‘दर्पण छायाँ २’ को ट्रेलर भिडियो


 काठमाडौं, १ फागुन । तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ को ट्रेलर युट्युवमा रिलिज भएको छ । फागुन २७ मा दर्शकमाझ आउने फिल्मको प्रचार सुरु गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम, रोदन र रोमान्स जोडिएको छ । ट्रेलर अलिक बढि सांगितिक लाग्छ । जहाँ लिड सबैजसो कलाकारहरु फिचरिङमा छन् ।

पुष्प खड्का, श्रद्धा प्रसाईं, सहारा, फिरोज, बिएस राणा, सरोज खनाल लगायत अभिनयमा रहेको फिल्ममा संगीत रञ्जित गजमेर र चन्दन लोम्जेलको छ ।

 




, ,