पर्बत मोदीकाली समाज अमेरिकाको पद हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


बाल्टिमोर, अमेरिका  |

पर्बत मोदीकाली समाज अमेरिकाको पद हस्तान्तरण तथा नयाँ बर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ |

कार्यक्रमको पहिलो सत्रमा पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई पद हस्तान्तरण गर्नुका साथै नयाँ कार्य समितिलाई पदको सपथ ग्रहण गराईएको थियो |

 यस अघि निर्वाचन कमिटिका संयोजक रोशन पौडेलले निर्वाचित सबैजनाको परिचय गराउनु भएको थियो |

पहिलो चरणको कार्यक्रमको संचालन तत्कालिन महासचिव संजीव श्रेष्ठले गर्नु भएको थियो भने तत्कालिन अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले सबैलाई स्वागत गर्दै संस्था गठन गर्नु उद्देश्य र पारेका प्रभावहरुका बारेमा प्रकाश पार्नु भएको थियो |

औपचारिक कार्यक्रमको दोश्रो चरणमा समुदायका विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए | यसरी शुभकामना ब्यक्त गर्नेहरुमा एनआरएन अमेरिकाकी उपाध्यक्ष रबिना थापा, प्रवासी मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्यहरु गोपाल विश्वकर्मा, गौतम दाहाल, बानाकी अध्यक्ष अनु वन्त, कास्की समाजका अध्यक्ष कुलप्रसाद गुरुङ, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल लगायतले बोल्नु भएको थियो |

दोस्रो चरणको कार्यक्रमको प्रमुख अतिथि पूर्णप्रसाद ढकाल हुनुहुन्थ्यो भने र सभापतित्व रुद्र गुरुङले गर्नु भएको थियो | दोस्रो चरणको कार्यक्रमको संचालन महासचिव रमेश सुबेदीले गर्नुभएको थियो |

समाजको नयाँ अध्यक्षमा रुद्र गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको हो | उपाध्यक्षमा संजीव श्रेष्ठ, महासचिवमा रमेश सुवेदी, सचिवमा बीरबल गुरुङ र कोषाध्यक्षमा श्यामराज गुरुङ चयन भएका छन् | कार्य समितिका सदस्यहरुमा कृष्णकुमार जोशी, नारायण ढकाल, सूर्य मल्ल, रबिन शर्मा, प्रविन भण्डारी, श्रवण जोशी, अबिलाश गिरी, रवी भट्टराई र बिष्णु शर्मा रहेका छन् |

कार्यक्रमको अन्त्यमा विभिन्न गीत तथा नृत्यका साथमा बिबिध सांस्कृतिक कार्यक्रम गर्दै नयाँ बर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो |

 सांस्कृतिक कार्यक्रममा कलाकारहरु सन्दिप प्रधान, मंजु पुन, उदय भट्टराई, अमृत राम्दम, सृजन ताम्राकार, रुतमान गुरुङ, दिपा  गुरुङ, कन्चन पुन, रुकमान गुरुङ लगायतले आफ्ना प्रस्तुतिले दर्शकलाई रमाइलो दिनु भएको थियो | संस्कृतिक कार्यक्रमको संचालन संचारकर्मी सतिश चापागाईंले गर्नु भएको थियो |
तस्बिर साभार: ग्लोबनेपाल डटकम 

,