महासंघका वरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित



नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्। मत गणना जारी रहेकाले उनी विजयी भएको औपचारिक घोषणा भने गरिएको छैन। तर, उनका प्रतिद्वन्द्वी किशोर प्रधानले उनलाई हात मिलाएर बधाइ दिइसकेका छन्। महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ। यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनेछन्। वस्तुगत तथा जिल्ला/नगर समूहमा गोल्छा अगाडि भएपछि उनको विजय सुनिश्चत बनेको हो। यी दुई समूहको भार ५० प्रतिशत हुन्छ। यसमा वस्तुगततर्फ गोल्छाले ४७ र प्रधानले ५१ मत ल्याएको थिए भने जिल्ला/नगरमा गोल्छा ६१ र प्रधान ४२ थिए। एसोसिएटतर्फ प्यानल नै गोल्छा समूहको विजयी भएको छ।

,