निर्वाचनको आक्रामक प्रचारमा उत्रियो कांग्रेस, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस


काठमाडौ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा काँग्रेसले प्रचारको नयाँ नयाँ प्रयोगहरु गर्दै गएको छ । यस भन्दा अघिका निर्वाचनमा पुरातन शैली मात्र अपनाएको आरोप लाग्दै आएको काँग्रेसले यो स्थानिय निकायको चुनावका लागि भने प्रचार शैलीलाई नै नयाँ ढंगले लगेको छ । काँग्रेसले आफ्नो प्रचार प्रसारमा प्रबिधीमैत्री बनाएको छ । प्रविधीलाई प्रयोग गरेर सञ्चारकका विभिद माध्यमलाई काँग्रेसले प्रयोग गरेको छ।

कांग्रेसले आफ्नो आधिकारिक पेज नेपाली काँग्रेसलाई फेसबुकबाट नै 'भेरिफाईड'  दिलाएको छ । यसरी आफ्नो पेजलाई 'भेरिफाईड' गराउने नेपालको पहिलो राजनैतिक दल पनि काँग्रेस नै भएको छ। यही आधिकारिक पेजबाट निर्वाचन सम्बन्धी बिभिन्न प्रचार सामग्रीहरु काँग्रेसले सिलसिलाबद्ध ढंगले सार्वजनिक गरिरहेको छ ।

कांग्रेसले गत मंगलबार स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दा समेत सञ्चारका विभिन्न माध्यमलाई अपनाएको थियो । घोषणापत्र सार्वजनिक गर्दा आधिकारिक पेज तथा अन्य कैयौ पेज तथा अनलाइनहरुबाट समेत लाइभ गरेको थियो । पछिल्लो पुस्ता धेरै नै प्रविधी मैत्री तथा सामाजिक सञ्जालमा अभ्यस्त रहने कारणले समेत प्रचार  प्रसारमा हामीले यसपटक प्रबिधीको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्ने क्रममा रहेको नेपाली कांग्रेस निर्वाचन प्रचार प्रचार उपसमिति सहसंयोजक गगन थापाले बताए ।

काँग्रेसले आफ्नो पेजबाट निर्वाचन लक्षित नारा, भिडियो, तथा बिभिन्न संन्देशहरु लगातार रुपमा नै मतदाता तथा काँग्रेसका शुभेच्छुकहरुमाझ लगिरहेको छ । यसलाई ब्यवस्थित बनाउन पार्टी कार्यालयमा मिडिया सेन्टर नै स्थापना गरेर काम भइरहेको छ । काँग्रेसले आफ्नो पेजमा हालेको नयाँ भिडियो सामग्री एक घण्टामा २२ हजार भन्दा वढीले हेरेका छन्। काँग्रेसले पेजमा राखेको १ मिनेट ३० सेकेन्डको भिडियो करिव १ घण्टामै २४ हजार वढीले हेरेका छन्। सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेसको नारालाई काँग्रेसले आफ्नो नाराको रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छ |
फेसबुकको यो लिंक मा कांग्रेसको प्रचार सामग्री हेर्न सकिन्छ:
https://www.facebook.com/settings/?tab=videos

,