नायिका मनिषाको यस्तो रुप, कसरी विश्वास गर्ने ?



एजेन्सी : सन् १९९० को दशककी चर्चित नायिका मनिषा कोइराला बलिउडमा पुनः कमब्‍याक गर्दैछिन्। निर्देशक इम्तियाज अलीको असिस्टेन्ट सुनैना भटनागरको फिल्‍म ‘डियर माया’बाट मनिषा बलिउडमा कमब्‍याक गर्न लागेकी हुन्।

‘डियर माया’ को ट्रेलर भर्खरै सार्वजनिक गरिसकिएको छ। जसमा मनिषाको रुपान्तरित रुप देखाइएको छ। फिल्‍ममा दुःखी र वृद्ध महिलाको रुपमा देखा परेकी छिन्। यस्तै उनी संजयदत्तको बायोपिकमा समेत देखिने भएकी छिन्।

सन् २०१२ मा पाठेघरको मुखको क्यान्सरकी सिकार भएकी उनी ६ महिना उपचारको लागि अमेरिका गएकी थिइन्।

क्यान्सरमुक्त भएपछि पहिलो पटक फिल्‍ममा आउन लागेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्। सन् १९४२ मा दमदार लभ स्टोरी सौदागर तथा बम्‍बै लगायतमा काम गरिसकेकी मनिषालाई अचानक सन् २०१२ मा क्‍यान्सरले समातेको थियो।
उनले क्‍यान्सरसँग लामो समय संघर्ष गर्नु परेको थियो । अहिले भने क्यान्सर मुक्त भएर मनिषा स्वास्थ्य छिन्। अन्नपूर्ण