यो बर्ष पनि मिस्टर एण्ड मिस एएनए हुने , माल्भिका सुब्बा आउदै




मे १९, अमेरिका,

अमेरिकाको मेरिल्याण्ड राज्यमा मिस्टर एण्ड मिस एएनए नेपाल–२०१७ आयोजना हुने भएको छ ।  एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को वार्षिक सम्मेलनका अवसरमा उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजकले जनाएको छ |

एएनए का मिडिया संयोजक सुमन दवाडीका अनुसार जुलाई २ मा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छ । यस्ता कार्यक्रमले अमेरिकामा रहेका नेपाली प्रतिभालाई प्लेट फर्म दिने विश्वास आयोजकको छ |

सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को कोरियोग्राफ गर्नेछिन् । एएनएले बिगत ९ वर्षदेखि लगातार रुपमा यो प्रतियोगिता गर्दै आएको छ | आयोजक संस्थाले पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरेको छ | जुन ५ गतेसम्ममा आबेदन भरेर बुझाउनु पर्ने समयसिमा दिइएको छ ।

बिजेताहरुलाई नेपाल आवत जावतको निःशुल्क हवाई जहाजको टिकट सहित अन्य गिफ्टको व्यवस्था हुने बुझिएको छ |

, , , ,