भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित


जेठ १४
मत परिणाम आउन बाँकी भरतपुर महानगरको उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भएको छ। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।
भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

दुई वटा वडाको मत गणना नगर्दै काँग्रेसकी शाहको मतसंख्या ४४ हजार ७९ छ। उनकी निकटम प्रतिद्वन्द्वी दिव्य शर्माले ३७ हजार ६८० मत पाएकी छिन्।

कांग्रेसको तर्फबाट ललितपुरमहानगरमा कांग्रेसकी गीता सत्याल र काठमाडौं महानगरमा हरिप्रभा खड्गी उपमेयर निर्वाचित भइसकेका छन्।

, ,