काश्मिरको सीमा खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु




काठमाडौँ ९ जेठ । भारत र पाकिस्तान सीमाको काश्मिरमा तैनाथ तीन नेपाली गोर्खा सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमले जानेको  छ । काश्मिरको  भारत र पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा अपरेसनका क्रममा सैनिकले बीरगति प्राप्त गरेको  श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियाले बताएका छन् ।

मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन र २३ वर्षीय राइफलम्यान रबिन शर्मा रहेका छन्। भारतीय रक्षामन्त्रालयका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशमा रहेको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ ।
स्रोत: डिएनए इन्डिया

, , ,