मत बराबर भएपछी गोलाप्रथा


काठमाडौं, २ जेठ –सल्यानको ढोरचौर गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्षका उम्मेदवारको बराबरी मत आयो । उक्त वडाबाट अध्यक्ष लडेका कांग्रेसबाट दिनेश बिएम र एमालेबाट देवेन्द्र रोक्काले बराबर मत अर्थात ३ सय २१ ल्याए ।

तर, बराबर मत ल्याएर पनि एमालेका उम्मेदवार रोक्काले चुनाव जित्न सकेनन् । उक्त वडामा दुवै उम्मेदवारको समान मत आएपछि दोहो-याएर मत गनियो । दोहो-याउँदा पनि मत परिणाम उही देखियो ।

दुईपटक मत गन्दा पनि छिनोफानो हुन नसकेपछि गोलाप्रथा गरियो । गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार बिएम नै विजयी घोषित भए ।

, ,