अमेरिकाबाट गुल्मी ईस्माको चुनाब नियाल्दा

लेखक :- मिन दर्लामी
मिन दर्लामी
२०५४ सालमा जन्मिएको ब्यक्ति अहिले २० बर्षको लाक्का जवान र मताधिकार प्राप्त बनेको छ । जुन ब्यक्ती तात-तातो राजनैतिक बहस गर्ने राजनैतिक खेलाडी बनेको छ । अहिले झण्डै २० बर्ष पश्चात स्थानीय चुनाब भईरहेको छ ।

बैशाख ३१ गते पहिलो चरणको चुनाब सकिए लगत्तै अब दोस्रो चरणको चुनाबी चहल पहल सुरू भई रहेको छ । पहिलो चरणको मतगणना संग संगै एकले अर्कोलाई त ठुलो कि म ठुलो भनेर पछार्ने क्रम जारी छ भने कतिपय पार्टीहरूको नाम निशाना नै हराउने पक्का जस्तै छ ।

यसैक्रममा जेष्ठ ३१ को लागी तोकिएको स्थानीय निर्बाचनमा स्थानीय स्तरमा उम्मेदवार छान्ने प्रक्रिया तिब्र छ भने उम्मेदवार पाउने लोभ र आशामा पार्टी बदल्ने काम कार्य पनि प्रसस्तै भई रहेको छ ।

पार्टी बदलेर गाउ पालिकाको प्रमुख र वडा अध्यक्ष पाउने गरेको पनि सामाजिक सन्जालमा छताछुल्ल पोखिएको प्रस्टै देखिएको छ । यसैक्रममा गुल्मी जिल्लाको २ नगरपालिका "रेसुँगा नगरपालिका र मुसिकोट नगरपालिका" सहित १० गाउँपालिकाको निर्बाचन पनि जेष्ठ ३१ मा हुदैछ ।

गुल्मीमा भएको नगर पालिका र गाउपालिकाहरूमा सबै भन्दा महत्व र चर्चाको बिषय हुने छ ईस्मा गाँउपालिका । जहा नेपालका चर्चित युवा नेता र जनताका प्रिय पुर्ब उर्जामन्त्री गोकर्ण बिष्टको जन्म स्थान, वार्ड र उनको संसदीय क्षेत्र पनि हो । यस कारण ईस्मा गाउपालिकामा गोकर्ण बिष्टको साख सँग पनि जोडिएको र प्रतिष्ठाको बिषय पनि बनेको छ ।

वास्तविकता यस मानेमा पनि बढी महत्व छ की बाउ बाजेका पाला देखी नै महत र बिष्ट खानदानको यस ठाउमा आ-आफ्नो प्रतिष्ठाको लडाई चली रहेको छ । यसपाली ईस्मा गाँउपालिकाको प्रमुख पदको लागी यसै वडा न. ४ बाट ने.क.पा. एमालेबाट लक्ष्मण बिष्ट र नेपाली कांग्रेसको तर्फबाट चन्द्र बहादुर महत बिचमा भिडन्त हुदैछ ।


महत र बिष्ट बिचको भिडन्तको कुरा गर्दै गर्दा २०४६/४७ सालको जनान्दोलन पश्चात प्राप्त बहुदल र २०४९ सालको स्थानीय चुनाब हुदै गर्दा २०४६/४७ साल पहिलेको पन्चायती ब्यबस्थाका प्रधानपन्च स्व.  सुरथ बहादुर महत बहुदलीय ब्यबस्था आए पछी पनि २०४९ को स्थानीय चुनाबमा कांग्रेसको टिकटबाट दोहोली गा.बि.स. अध्यक्षको प्रत्यासी भए पछी सुरथ बहादुर महतको बिरूद्धमा लक्ष्मण बिष्टले आफ्नो उम्मेदवारी दिएका थिए ।

त्यो बेला दोहोली गा.बि.स. मा नेपाली कांग्रेसको मजबुद संगठन भएका कारण बिष्टको ४०४ मतका बिरूद्ध सुरथ बहादुर महतले १००८ मत प्राप्त गरी सहजै निर्वाचित भएका थिए । त्यस चुनाबमा दोहोली गा.बि.स.मा अध्यक्ष, उपाध्यक्ष र ९ वार्डका सम्पुर्ण सदस्य गरी ११ पदमा नेपाली काँग्रेसले सानदार बाजी मारेको थियो । बहुदल प्राप्ति देखी नै महत र बिष्ट बिचको चुनाबी प्रतिस्पर्धा रहदै आएकोले यसपाली पनि २५ बर्ष पछाडी सुरथ बहादुर महतका छोरा र दोहोली गा.बि.स.का पुर्ब सचिब रहेका चन्द्र बहादुर महत र लक्ष्मण बिष्ट बिचमा चुनाबी भिडन्त रोचक हुनेछ । महतले आफ्नो खानदानी गद्दी जोगाउने दाउमा भिडन्त गर्ने छन भने बिष्टले सुरथ बहादुर महतको पालामा २०४९ सालमा ब्यहोरेको हारको बदला लिनको लागी चुनाबी भिडन्त गर्ने छन । महत र बिष्ट बिचको यो भिडन्त एउटा रोचक सन्ज्योग पनि हो ।



अब कुरा गरौ ईस्मा गाउँपालिकाका प्रमुख पदका दुई प्रत्यासीहरूको नालीबेली र स्वाभाबको बारेमा ।



 चन्द्र बहादुर महत

यिनी स्व. सुरथ बहादुर महतका माहिला पुत्र हुन । यिनको स्थायी घर बसोबास पहिलेको दोहोली गा.बि.स. वार्ड न.४ कुबिन्दे हो । महत हेर्दा भलाद्मी र खलनायक जस्तो हट्टा कट्टा जिउडालका छन । यिनको बोलीमा केही मिठो तर बोल्ड खालको आवाज छ ।  त्यसैले जनता यिनको अगाडी हतपति प्रतिकार गर्न डराउने गर्दथे जुन बेला यिनको बाबा पन्चायतकालमा प्रधानपन्च र बदुदल आएसी गा.बि.स. अध्यक्षमा आशिन थिए । यिनको स्वभाब सधै पदमा बसेको कारण दोहोलीमा यिनको बोलबाला चल्थ्यो र सचिब पदबाट अबकास पछि पनि आफ्नो रवाफलाई बदल्न सकेनन् । महत अबसरको लागी जे जे पनि गर्न तयार हुन्छन त्यसैले यिनी अबसर अनुसार दल बदलु ब्यक्ति हुन ।

यिनी पहिले नेपाली कांग्रेस समर्थक थिए तर पछी गाउका जमिन्दार र साशकहरूलाई सफाया गर्ने क्रम बढेसंगै आफ्नो ज्यान जोगाउनको लागी सचिब छदै माओबादीसँग सम्बन्ध सुधार गरेका थिए ।

 माओबादीको युद्ध बिराम पछी २०६४ सालको सम्बिधान सभाको चुनाब ताका तत्कालीन ने.क.पा. माओबादी बनेर बिष्ट खानदानको बिरूद्ध चुनाब प्रचार प्रसार गरेका थिए । सत्ता अधिकार र कुर्चीका लागी जहाबाट सम्भब हुन्छ त्यहा सम्म पुग्नलाई कुनै कसुर नछोड्ने महतको खानदानी स्वभाब हो ।

 माओबादी कमजोर र नगन्य भए पछी, स्वार्थ प्राप्तिको लागी आफ्नो ईजत र ईमानलाई दाउमा राख्न सक्ने भएकोले महतले चुनाब आउनु छ भन्दा १० दिन अगाडी केही दलबल सहित नेपाली कांग्रेसमा टिका र माला लगाएर प्रबेश गरेका ब्यक्ति हुन । यिनको ईस्मा गाउपालिकामा राम्रै छाप रहेकोले महतलाई प्राय सबैले चिन्ने गर्दछन ।

ब्यक्तित्व र प्रभावका कारण पनि यिनलाई भोट माग्न सजिलो छ तर यिनको दोहोलीमा बिकासका र निकासका काममा गाउ र ठाउ अनि बर्ग, जातजाती हेरेर काम गर्ने स्वाभाब भएको कारण दोहोलीमा पुर्ण समर्थन होला वा जनताको भोट आउला भनेर भन्न सकिने अबस्था छैन ।

झण्डै ४० बर्ष देखी दोहोलीमा राजकाज हैकम चलाउदै आएका केही सामन्त सोच भएका पुर्ब गा.बि.स. सचिब चन्द्र बहादुर महललाई जनताले के कसरी भोट गर्दछन त्यो चुनाव पश्चात परिणामले जानकारी गराउने छ ।




लक्ष्मण बिष्ट (ने.क.पा. एमाले) 

यिनी समाजसेबी जल्दा बल्दा स्व. भिम बहादुर बिष्टका जेष्ठ पुत्र हुन । यिनको पनि स्थायी घर पहिलेको दोहोली गा.बि.स. वार्ड न. ३ बाँझ अर्थात हालको ईस्मा गाँउपालिका वार्ड न. ४ हो । यिनको आवाज खरो र चर्को स्वाभाबको छ । सायद यिनीमा कम्युनिस्ट भएर होला केही कडा, खरोपन मिश्रित छ । यिनको कहानी धेरै लामो र अचम्मको छ । यिनी बिष्टले नेपाल सरकारको स्वास्थ्य सेवामा काम गर्दथे तर यिनलाई छोएको राजनितिको धकधकीले जागिरलाई स्थिर गराउन सकेनन् , लाग्दछ यिनलाई राजनितिले गर्दा जागिरबाट हात धुनु परेको हो वा आफैले गलहत्ताएका हुन । यिनी गाउ कमिटी देखी क्षेत्रिय र हाल जिल्लाको सचिवालय सदस्य सम्म आफ्नो राजनितिक पहुँच पुराएका छन । 

यिनले २०४६/४७ भन्दा पहिले जुन समय खुलेर राजनिति गर्न पाईदैन थियो तब देखी र त्यस पश्चातका सबै राजनितिक उतार चढाबमा भाग लिएका र खरो उत्रिएका ब्यक्ति हुन । यिनी पटक पटक प्रयास गरेकै हुन तर सफल हुन सकेका भने छैनन् र पदमा बसेर प्रशासन चलाउने मौका पाएका ब्यक्ति होईनन् । तर पनि बाहिर बसेरै २०४९ साल पश्चात गाउ ठाउमा राम्रै अंगुली घुमाएका ब्यक्ति हुन । २०४९ सालको स्थानीय चुनाबमा अध्यक्षको प्रत्यासी भएर चुनाब लड्दा सुरथ बहादुर महतसंग हार ब्यहोरेका लक्ष्मण बिष्टले २०५४ सालको स्थानीय चुनाबमा पनि नारायण घिमिरेसंग हार ब्यहोरेका ब्यक्ति हुन ।

२०४९ सालको हार पश्चात फेरी २०७४ मा आएर सुरथ बहादुर महतका छोरा चन्द्र बहादुर महतलाई हराएर बिष्ट र महत खानदानको वाकयुद्धलाई बिजयमा परिणत गर्ने सोचमा छन । तथापी लक्ष्मणले आफ्नो नाममा अहिले सम्म जीतको स्वाद चाख्न पाएका छैनन् । यिनको स्वभाब पनि बिकास बजेट र निकासका बारेमा गाउ ठाउ, बर्ग, जातजाती प्रति भेदभाव गर्ने र हेर्ने दृष्टि अनि आफु निकट नभएका जनता प्रति चासो नदिने गरेको समाजमा प्रष्टै छ र त्यस भेगका जनताको गुनासो पनि छ । यिनले जित्न सक्नेमा बिश्वास के गर्न सकिन्छ भने दर्लामचौर, रजस्थल र अमरपुरमा कम्युनिस्टको केही पकड मजबुद भएकोले ५०/५१ % प्रतिशत सम्भावना देखिन्छ ।

हस्तीचौरको १ र २ को बिषयमा कांग्रेसको केही मजबुद पकड र दोहोली ४ को पनि कांग्रेसको पकड भएकोले महत कि बिष्ट र बिष्ट की महत भनेर यसै भन्न सक्ने अबस्था छैन । यसपालीको स्थानीय चुनाब पार्टी पार्टी भन्दा पनि लक्ष्मण बिष्ट र चन्द्र बहादुर महत बिचको लडाई हुने प्रबल सम्भावना छ । अर्थात बिष्ट बिरूद्ध महत र महत बिरूद्ध बिष्ट भनेर प्रतिष्ठाको लडाई हुने पक्का पक्की नै छ ।

दुबै उम्मेदवार एकै ठाउ एकै गाउका भएकाले पनि मतदान गर्ने जनताहरूलाई अबस्य अलमल पार्ने छ । तर पनि बिष्ट र महत चुनाबी प्रतिस्पर्धामा एक अर्काका बिरोधी भए पनि बिकास र निकासका काममा हातेमालो गरेर त्यस भेगमा आफ्नो तालुमा आलु फलाउने काममा कुममा कुम र हातमा हात मिलाउदै बिगतका बर्ष देखी काम कार्य गर्दै आएका ब्यक्तिहरू हुन ।

केन्द्रको संसदीय चुनाबमा गोकर्ण बिष्टको बिशेष छाप र समर्थन रहे पनि स्थानीय स्तरमा जन समर्थन र माहौर फरक रहने गर्दछ । त्यसैले पनि वार्ड न ४ दोहोलीको बिषयमा ने.क.पा. एमालेका वडा अध्यक्ष गनु प्रसाद अधिकारी भन्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद रिजाल केही ६०% र ४०% ले हाबी हुन सक्ने सम्भावना छ । कारण दोहोलीमा लामो समय देखी नै रिजाल खानदानको पनि राम्रो छाप र प्रतिष्ठा रहेको छ ।

लेखक दर्लामी अमेरिकाको सिकागो राज्यमा बसोबास गर्दै आएका छ | लोक गायक दर्लामी ईस्माको राजनीतिलाई नजिकबाट चिनेका युवा समेत हुन् | सम्पादक |

,