एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा युवा समाजसेवी विक्रम घिमिरेले उम्मेदवारी



 एनआरएन–एनसीसीको बोर्ड अफ डाइरेक्टरमा युवा समाजसेवी विक्रम घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । अमेरिकाको केन्तुकी राज्यमा बसोबास गर्दैआउनुभएका घिमिरे अमेरिकाबासी नेपालीहरुबीचमा समाजसेवीका रुपमा चिनिनुहुन्छ ।

गोरखा घर भएका घिमिरे अध्ययनका सिलसिलामा काठमाडौंमा इन्जीनीयरिङ अध्ययन सकिएपछि अमेरिकामा पुग्नुभएको हो । उहाँले नेपालमा सरकारी सेवा समेतको अनुभव संगाल्नुभएको छ । आफ्नो भन्दा पनि अरुको भलाइका लागि सोच्ने घिमिरे  अमेरिकाका नेपाली युवाहरु माझ प्रिय पनि हुनुहुन्छ |

घिमिरेका अनुसार एनआरएनबाट आफ्नो देशलाई के कस्तो सहयोग गर्न  सकिन्छ भनेर अघी बढनु नै NRNA को मुख्य उद्देश्य हो |
       
 आफु निर्वाचित भएमा NRNA को सदस्यहरुको तथ्यांक राख्ने र  को-के र कुन फिल्डमा दक्ष हुनुहुन्छ त्यसको Data बनाउने उहाँको सोच रहेको छ ।
    त्यस्तै Sutudent Visa, Dv र अन्य Visa मा आएर बस्नु हुने सबैको Data Callection गर्ने को-के र कुन Field मा दक्ष हुनुहुन्छ सबै को Data बनाउने पनि आफ्नो सोच रहेको घिमिरेले द नेपाल टुडेलाई बताउनु भयो |
 
नेपालको प्रत्येक मन्त्रालयमा NRN को Membar हरुलाइ एक एक मन्त्रालय जिम्मा दिने पनि आफ्नो उद्देश्य रहेको घिमिरेले बताउनु भयो | जिम्मा दिएको मन्त्रालय के र कुन  Field सम्बन्धि काम परेको छ त्यही Field को काम गर्न सक्ने ब्यक्ति को छ  NRN को Data Base हेर्ने कसको त्यो सम्बन्धि काम गर्न सक्ने क्षमता  छ त्यो ब्याक्तीलाई  NRN को खर्चमा नेपालमा Training दिन पठाउने ब्यबस्था गरेमा नेपालमा नयाँ- नयाँ प्रबिधी भित्र्याउन सहयोग पुग्ने छ |

, ,