विप्लव, सिके र गोइतलाई जहाँ भेट्यो त्यँहि समात्न निर्देशन


 काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचन नजिँकिदैं गर्दा निर्वाचन गतिविधि सञ्चालन भइरहेको छ । कतै बम वेवारिसे राख्ने त कतै, बम नै विस्फोट गराउने गतिविधि भइरहेका छन् । यसमा विशेषगरि पहाडी जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र तराईमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा सक्रिय छ । योँसगै तराईमा डा. सिके राउतका कार्यकर्ता पनि सक्रिय छन् । उनीहरुले विभिन्न ठाउँमा बम विस्फोटसमेत गराएका छन् ।

आज अपराह्न ४:१५ बजे मात्रै सप्तरीको नापी शाखा कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ ।

मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको नेपालमा अवाञ्छनीय गतिविधि, देश टुक्राउने धम्की दिने र हतियार उठाउने बताउँदै देशको राजनीति र सुरक्षा अवस्था खल्बल्याउनेहरुलाई सिद्ध्याउने क्षत्रिको सार थियो ।

त्यसैगरि पहाडी जिल्लाको विभिन्न ठाउँमा विप्लवको पार्टीले बम राखेको छ ।

तराईमा डा सिके राउत र पहाडमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निस्तेज पार्ने अप्रेसन शुरु गरेको छ । तराईमा हिंस्रक र विखण्डनकारी गतिविधि सिके समूह, गोइत समूह र तराईकै अन्य हतियारधारी भूमिगत समूह र राजनीतिको आडमा हतियार उठाउने धम्की दिएको विप्लवहरुले सुरक्षा अवस्था खल्लल्याएको भन्दै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । विभिन्न ठाउँमा निर्वाचन विरोधि गतिविध गर्ने उक्त मोर्चा र पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

पहाडमा विप्लव, तराई मधेसतिर सिकेले अन्य हतियारधारी समूहसँग साँठगाँठ बढाएर अबको दिनहरुमा उनीहरुले खतरापूर्ण स्थिति आउनसक्ने भएकाले बेलैमा सुरक्षा व्यवस्था कडाई गरेको हो ।

पहिलो चरणको वैशाख ३१ गते  र  दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन यी समूहबाट सुरक्षा खतरा भएकाले प्रहरीले विशेष निगरानी राखेको छ । प्रहरी हेडक्वाटरले यी तीन समूहका नेतालार्इ जहाँ भेट्यो त्यँहि पक्राउ गर्न निर्देशनसमेत दिइसकेको जनाएको छ ।खबरडबली

, , ,