अमेरिकाको सिकागोमा बमबहादुर कार्की र शीवा आलेलाई बिशेष सम्मान


मिन दर्लामी, सिकागो अमेरिका

अमेरिकाको सिकागोमा नेपालको लोक तथा दोहोरीगीतको क्षेत्रमा गरेको बिशेष योगदानलाई कदर गर्दै बरिष्ठ गायक बमबहादुर कार्की र शीवा आलेलाई बिशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली फ्रेण्डसिप सोसाइटीले उक्त सम्मान सहितको बिशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको हो |

सोही कार्यक्रममा पुराना तथा सदाबहार गीतहरू पानको पात, डाडैको देबी देउराली, झ्याई पार्यो, कति राम्रो जाल बुन्यो मैले त होईन दाई माकुरीले हो, खोला पारी निर्माया वारी म रुनी, "बिना सालै जो", कौंडा गीत लगायत चर्चित गीतहरू प्रस्तुति गरेर कार्यक्रममा उपस्थित दर्शकहरूलाई स्वस्थ मनोरन्जन दिनु भएको थियो । त्यसै गरी गायिका शीवा आलेले "सम्झनालाई जाले रुमाल" बोलको लोक गीत गाएर आफ्नो सुमधुर आवाजले स्रोताको मन आफु तिर आकर्षण गर्नु भएको थियो ।

यही बिशेष सांगीतिक कार्यक्रममा सिकागो शहरमा बस्दै आउनु भएका सिकागोबासीका सागीतिक ढुकढुकी सुमधुर आवाजका धनी गायक जगदीश यादबले पनि बिभिन्न गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई स्वस्थ मनोरन्जन दिलाउनु भएको थियो । यादबको गायकीलाई मन पराउनु भई बरिष्ठ गायक बोम बहादुर कार्कीले मुक्तकण्ठले आफुमा भएको गला र कला सधै आफुसंग रहन सक्दैन त्यसैले समय मै सदुपयोग गर्नु पर्दछ भनेर स्रहाना गर्नु भएको थियो । यसैक्रममा कार्कीले अमेरिकामा बसोबास गर्नु हुने नेपाली समुदायमा तिहारको भैलो कार्यक्रम गर्ने इच्छा रहेको भनेर बिचार पनि ब्यक्त गर्नु भएको थियो ।

बिशेष सम्मान कार्यक्रममा सिकागो नेपाली फ्रेण्डसिप सोसाइटीका अध्यक्ष टेकराज पौडेलले बरिष्ठ गायक बोम बहादुर कार्कीले लोक दोहोरीगीतमा गरेको योगदानका बारेमा र सिकागो नेपाली फ्रेण्डसिप सोसाइटीले कार्यक्रम आयोजना गर्नुको बारेमा, CNFS का बारेमा आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो । त्यसै गरी बिशेष कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुने सहयोग दाताहरूको नामावली पढेर सुनाउनु भई धन्यबाद ज्ञापन पनि गर्नु भएको थियो ।

त्यसै गरी सिकागो नेपाली फ्रेण्डसिप सोसाइटीका पुर्ब सल्लाहाकार र एन आर एन सिकागोल्याण्डका बर्तमान अध्यक्ष सुमन वस्तीले CNFS को १ महिनाको कार्यालयको भाडा तिरी दिने घोषणा पनि गर्नु भएको छ । कार्यक्रममा समाजसेवी सारदा थापा लगायत समाजसेवी र ANMA का अध्यक्ष वाला घिमिरेको पनि उपस्थिति रहेको छ ।

, ,