दिनेश कोइरालाको नाम लिँदै प्रचण्डले भने– त्याग खेर जाँदैन, हाइट झन् बढ्यो


चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फिर्ता लिन लगाइएका दिनेश कोइरालालाई फकाउने प्रयत्न गरेका छन् ।

काँग्रेस–माओवादीले चितवनमा संयुक्त रुपमा गरेको चुनावी सभामा दिनेश कोइरालाको नाम लिँदै भने, ‘भाई दिनेश कोइरालालाई भन्न चाहन्छु तपाईलाई पक्कै नमीठो लागेको होला । तर, तपाईले गरेको त्याग खेर जाँदैन । पार्टी नेतृत्व र जनताले तपाईको मूल्याङ्कन गरिरहेको छ । सबै तपाईको साथमा छन् । मैले सकेको ठाउँबाट तपाईलाई सहयोग गर्छु । तपाई युवा हुनुहुन्छ । तपाईको उमेर छ ।’ यसले तपाईको हाइट घट्दैन झन् बढ्दै जान्छ । दाहालले यत्ति भन्दा तालीको गड्गडाहट छुट्यो ।

चितवन लोकतन्त्रवादीहरुको किल्ला हो, दाहालले अगाडि भने, ‘तपाईहरु जस्तो युवा अबको असली सिपाही हो । तपाईहरुको स्प्रिडलाई कसैले रोक्दैन ।’ अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले चितवनमा काँग्रेससँग तालमेल भइसकेपछि झिनो मतले जित्नु शोभनीय हुँदैन, भने । दाहालले थपे, ‘थोरै मतले जितेर हुँदैन, काँग्रेससँग तालमेल भइसकेको अवस्थामा अत्यधिक मतले जित्नुपर्छ ।’ हामीबाट थोरै त्रुटी भएकै हो, दाहालले अगाडि भने, ‘मनोनयन दर्ताको अघिल्लो दिन नै तालमेल गरिसक्नु पर्ने थियो ।

केन्द्रमा केही छलफल गर्दा गर्दै ढिलो भयो ।’ जसले केही साथीहरुलाई पक्कै खल्लो लागेको छ । तर, हामीले चितवन र चितवन वासीकै समृद्धिका लागि विकासवादी नेतृत्व ल्याउनु पर्त भनेर तालमेल गरेका हौँ । यो एक नमुना हुनेछ, दाहालले गम्भीर हुँदै भने । यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट छैन ।

, ,