चारवटै महानगरमा एमालेको प्रारम्भिक अग्रता


काठमाडौं १ जेठ– काठमाडौं, पोखरा लेखनाथ सहति मतगणना भइरहेका चारवटै महानगरको प्रारम्भिक मतगणनामा नेकपा एमालेको अग्रता देखिएको छ ।

ढिलोगरी मतगणना सुरु भएको भरतपुर र ललितपुर महानगरपालिकामा पनि एमालेको अग्रता कायमै छ ।

सोमवार साँझ सम्मको पछिल्लो मतगणना अनुसार काठमाडौं महानगरमा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य ४८ मत सहित अग्रस्थानमा छन् ।

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली ४९ मत सहति पहिलो स्थानमा छन् । कांग्रेस, माओवादीकी साझा उम्मेदवार रेणु दाहालले ४१ मत पाएकी छन् ।

ललितपुरमा एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ हजार ३ सय ९३ मत सहित अग्रस्थानमा छन । काग्रेसका चिरिबाबु महर्जनले १ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसी १ सय ५५ मत सहित अगाडि छन् । काग्रेसका रामजी कुवरले ८५ मत प्राप्त गरेका छन् ।

,