रोकिएको भरतपुर महानगरको मतगणना सुचारु



 चितवन, १४ जेठ । सिल नम्बरमा विवाद आएपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने समयमा टिपिएको सिल नम्बर फरक परेपछि गणना रोकिएको थियो ।

दलहरुबीच सहमति जुटेपछि मतगणना शुरु भएको हो । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बर फरक भेटिएको थियो ।

, , ,