किरात राई यायोक्खा जापानको उभौली साकेला सम्पन्न


किरात राई यायोक्खा जापानले टोक्योमा भब्य उभौली साकेला सहीत BBQ पार्टी सम्पन्न गरेको छ |

 किराती भाषा,लिपी,मुन्दुम र सस्कृतिको संरक्षण तथा सम्बर्धन गर्न स्थापना भएको किरात राई यायोक्खा नेपालको  प्रवास शाखा किरात राई यायोक्खा जापान संस्थाले उभौली साकेला सिली नाँच अर्थात् येले सम्बात्५०७७ भूमी पूजा यहि २०१७-५-२१ गते  मे२०१७ आईतबार टोक्योको हाईजीमा भन्ने ठाऊमा सम्पन्न  गरको छ |

 कार्यकर्ममा नेपाल आदिबासी जनजाति महासंग जापानको अध्यक्ष पासंग शेर्पा ,एनआरन जापानका उपा-ध्यक्ष टासि लामा, लगायत  अरु बिभिन्न संगसंस्था तथा संगठनको प्रतिनिधीहरु ,पत्रकार मित्रहरु,किरात तथा गैर किरात समुदायको जापान बासी नेपालीहरूको बाक्लो  उपस्थित  रहेको  थियो।

औपचारिक  रूपमा कार्यक्रममा  सुभकामना  मन्तव्य  दिनु  हुदै नेपाल आदिबासी जनजाति महासंग जापानका अध्यक्ष पासंग शेर्पाले नेपाल आदिबासी जनजाति महासंग जापानले  किरात राई यायोक्खा जापानलाई जूनसुकै अबस्थामा पनि सहयोग  र साथ दीने  कुरा जानकारी दिनु भएको थियो।

कार्यकर्मलाई किरात राई यायोक्खा जापानको  सह-कोषअध्यक्ष सेमीना राई र तोचुकी केनको प्रतिनीधि बिमन (किराती) राईले आगंतुक पाहुनाहरूलाई शूभकामना मन्तव्य   दीनु भएको थियो।साथै राजकुमार राईले  किराती बिधी सम्बद पूजा गरी औपचारीक साकेला नाचको  सुरु गर्नु भएको थियो।  त्यस पछि जापानमा रहेका किरात तथा गैर  किरात समुदायको जापानबासी नेपालीहरूले सिल्ली मापाको तालमा सबैले  सकेला नाचमा साथ दीनू भएको थियो।

कार्यकर्म किरात राई यायोक्का जापानका सल्लाकार संजीब राईले सन्चालन गर्नु  भएको थीयो भने  पार्बिधिकमा सह-सचिब पर्भु अम्बुले राईले साथ दीनू भएको थियो। कार्यक्रम बिहान १०बजेबाट बेलूका १८ बजेसम्म चलेको थियो।



, , ,