दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर



वैशाख ३१, २०७४-

दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।

जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ ।

एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।

यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गएरातिको झगडाले मतदान सुरु भएको छैन । कान्तिपुरबाट

,