नेपाल पत्रकार महासंघ जापान शाखाका बिबिध कार्यक्रम


बिश्वबन्धु भण्डारी
नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरुसँग पारस्परिक सम्बन्ध विस्तारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही मे २० तारिख शनिवारका दिन शिनओकुवोस्थित बारकाँडे रेष्टुरेण्टमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
महासंघ जापान शाखाले नेपालीहरुद्धारा सञ्चालित विभिन्न संघ संस्थाका अध्यक्ष, महासचिव/सचिवलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ ।

गत महिना महासंघको जापान शाखामा मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

महासंघले जापानमा सञ्चालित नेपालीहरुका संघ संस्थाका गतिविधिहरुलाई सञ्चार माध्यममा ल्याउनका लागि सहजिकरणको भूमिका खेल्न मद्यत पुग्ने भएकोले परिचयात्मक कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ ।

महासंघ जापान शाखाले कार्यक्रममा सहभागी भई आफ्नो संस्थाका बारेमा जानकारी गराउन र परिचय आदान प्रदान गर्न आह्वान गरेको छ । कार्यक्रम दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म चल्ने महासंघले जनाएको छ ।

तेस्रो काम : बिदेश मा जन्मिएका हम्रा छोरा छोरी हरु लाई Summer vacation वा Education Fair मा नेपालको शिक्षा मन्त्रालय सङ्ग सहकार्य गरेर नेपाल भ्रमण गर्न पठाउन सकियो  भने हाम्रा छोरा छोरी हरुले नेपाली भासा-सस्कृती सिक्ने मौका पाउने थिए, नेपाल हाम्रो देश हो भनेर सधै सम्झने थिए |

,