बाल्टिमोरमा सेतो सुर्य आज


माओवादी जनयुद्ध , संबिधान सभा र आजको नेपालको बिषयबस्तुमा आधारित भएर तयार परिएको नेपाली चलचित्र 'सेतो सूर्य' आज बाल्टिमोरमा लाग्दैछ |

चलचित्रमा दयाहाङ् राई, आशा मगराती, रबिन्द्र सिंह बानियाँ, सुमि मल्ल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेष अवसरमा आज आइतबार दिनको ठिक २ बजेदेखि बाल्टिमोरको Beltway Movie 6 मा विशेष शो प्रदर्शन गरिने भएकोले यस क्षेत्रका नेपालीहरुलाई उपस्थित भएर चलचित्र हेर्न र महोत्सव सफल बनाउन महोत्सव निर्देशक पूर्णसिंह बराईलीले अनुरोध गरेका छन् |

स्थान: Beltway Movies 6
Horizon Cinemas Beltway Plaza
Belair Beltway Plaza, 7660 Belair Rd, Nottingham, MD 21236
समय: ठिक २:०० बजे

, ,