अमेरिकामा नेपाली युवा भण्डारी सम्मानित

तस्बिर स्रोत: बाल्टिमोर काउन्टी


बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरमा नेपाली युवा एचबी भण्डारी सम्मानित भएका छन् | "उनले राजनीति मार्फत बाल्टिमोर शहरको बिकास निर्माण र सामाजिक क्षेत्रमा  पु-याएको योगदानको कदर गर्दै यो सम्मान गरेका हौँ |" काउन्टीका कार्यकारी प्रमुख केभिन कमेनेजले भने |

ग्रेटर बाल्टिमोर काउन्टी क्षेत्रको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान पु-याएका चार जना एशियन अमेरिकनहरुलाई एक कार्यक्रमकाबीच 'बाल्टिमोर काउन्टी एशियन अमेरिकन एक्सलेन्स अवार्ड' द्वारा सम्मान गरिएको हो |

युवा भण्डारीले अवार्ड ग्रहण गरिरहदा  नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिको उल्लेख्य संख्यामा उपस्थिति थियो |

भण्डारीसंगै सम्मानित हुनेहरुमा भारतीय मूलका व्यापारी राजेश पटेल, कोरियाली मूलका अल्बर्ट किम, पाकिस्तानी मूलका नशारोग विशेषज्ञ डाक्टर आघा खान र फिलिपिनो मूलकी बेला सान्तोश ओवेन्स रहेका छन् |

, ,