जापानमा निधन भएका पोखराका अर्जुन नेपालीलाई सहयोगको खाँचो


जापान पुगेको छोरोले केहि कमाउला,  आर्थिक अवस्था सुधार्ला र सुखको दिन आउला भनेर सोचेका अर्जुन नेपालीका बुबाआमाको अब यस्तो दिन त आउँदैन नै । छोराको अन्तिम पटक मुख हेर्ने दिन समेत जुरेन ।

यही मे १४ मा जापानको चिवा केन इचिकावा सी स्थित आफ्नै कोठामा मृत भेटिएका उनको शव रकम अभावले नेपाल ल्याउन सम्भव नै भएन भने जापानमै अन्तिम संस्कार गर्न पनि खर्च अभाव भएको उनका साथीहरुले बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका १४, मझेरीपाटनका अर्जुन नेपाली चार वर्ष अघि जापान गए । उनी त्यहाँ जाँदा लागेको ऋण समेत अझै तिरिसकेको छैन । २८ वर्षीय अर्जुन पछिल्लो पटक मानसिक तनावबाट गुज्रिएको साथीहरु बताउँछन् ।

मजदुरी गरेर जिवन गुजारा गर्दै आएका उनको परिवारसँग अर्जुनको शव नेपाल फिर्ता ल्याउने क्षमता छैन । तर, जापानमै दाहसंस्कार गर्न समेत अब सहयोग संकलनको विकल्प नभएको जापानबाट विशाल कार्कीले जानकारी दिए । अब शव नेपाल पठाउन बढि खर्च लाग्छ । परिवारको अवस्था निकै दयनीय भएकाले चार दिन भईसक्यो जापानमै समेत अन्त्यष्टि गर्न सकिएको छैन । जापान स्थित नेपाली समुदायबाट सहयोगको खाँचो छ ।

सहयोगको लागी :
NRNA JP bank Account Number: 10010-4228121

थप जानकारीको लागी
Visal Karki
Mobile No:080-4063-2020

Prakash Thapa (Nrna Kanto)
Mobile No:090 -9381-4014

Nabin Neure(Nrna Kanto)
Mobile No: 080-4145-9955

Biswo Subedi
Mobile No:090-9328-5018

, ,