ललितपुरमा एमाले निहु खोजेर बिचबाटै उठेर हिँड्यो


 जेठ ९ मंगलबार

ललितपुर । एमालेले लललितपुर महानगरको मत गणनाको बिचैबाट उठेर हिँडेको छ । अन्तिम २९ नम्बर वडाको १२ सय मत मात्रै गणना बाँकी हुँदा एमाले बीचैबाट उठेर हिँडेको हो ।

काँग्रेस र माओवादीको पकड रहेको २९ नम्बर वडाको गणनामा एमाले जालझेल भएको भन्दै निहु खोजेर हिँडेको बताइएको छ ।

काँग्रेस एमाले भन्दा २ सय ६१ मतले अघि छ । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मत गणनामा जालझेल भएको आरोप लगाए । व्यञ्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनले तीन वडामा पुनः मतगणना माग गर्दै निर्वाचन अधिकृत समक्ष उजुरी दिँदा सुनुवाई नभएको भन्दै आयोगमै उजुरी दिएका हुन् ।

यद्यपि, काँग्रेस जिल्ला सभापति मदन अमात्यले काँग्रेस र माओवादीको पकड क्षेत्र रहेको २९ नम्बरमा आएर निहु खोज्नु राम्रो होइन भने ।

उनले भने, ‘२९ वडा को पुनः गणना गर्ने हो भने झन् ४ सय मत बढी आउँछ । वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको मतगणना सकिनै लाग्दा काँग्रेसले जित्ने संभावना बढेसँगै एमाले चिडाएको हो । काँग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।


, , ,