१०१ औँ इण्डि ५०० महोत्सवमा नेपाली समुदायको सहभागिता



इन्डियानापोलिस , २७ मे २०१७- अमेरिकाको इन्डियाना राज्यमा शनिवार सम्पन्न IPL Indy 500 महोत्सव परेडमा, Nepalese Association of Indiana (NAI) ले नेपालको प्रतिनिधित्व गरि भाग लिएका छन्।

ई. सं. 1957 मा 500 महोत्सव संस्थाको संगठन भएदेखि हरेक वर्ष आयोजना हुदै आएको IPL 500 महोत्सव , राष्ट्रकै  एक प्रमुख  महोत्सवमा लिइनछ। करिब 3,00,000 दर्शक इन्डियानापोलिस को पेंसिल्वेनिया सडकमा र एक लाख दर्शक देश वरिपरि आफ्नो टीभीमा यो महोत्सवको अबलोकन गर्ने अनुमान गरिन्छ।

ई. सं.  २०१० मा स्थापना भयेको NAI को यो परेडमा पहिलो पटक सहभागिता थियो । नेपाली पुरुष र महिला दुवैको सम्मान प्रतिनिधित्व भयेको, Indy 500 महोत्सव परेड मार्फत नेपाल र नेपालीको विविध संस्कृति झल्काउने हाकु पत्तासी, तामाङ सेलो, सारी र परम्परागत नेवारी पोशाक लगाएत नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाए परेड गरेका थिए. महोत्सव परेडको एउटा अरुको प्रमुख आकर्षण नेपाली लोक नृत्य र लाखे नृत्य पनि थियो ।

हालको NAI का अध्यक्ष श्री अरुण राजभण्डारी ले परेड सफलतापूर्ण  सम्पन  गर्न सहयॊग गर्ने सबै सहभागीहरू, समुदाय सदस्यहरु, कार्यकारी टीम र परेड कमिटि लागि आफ्नो धन्यवाद ज्ञापन गर्नु भयेको छ र फेरि थप नया योजना र उत्साह साथ अर्को वर्ष को Indy 500 महोत्सव  2018 परेडमा पनि भाग लिने कुरो जानकारी गराएका छन् ।







, , , ,