भरतपुरमा विवाद, मतगणना रोकियो


 चितवन, १४ जेठ ।

 सिल नम्बरमा विवाद आएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने समयमा टिपिएको सिल नम्बर फरक परेपछि गणना रोकिएको हो । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बर फरक भेटिएको हो ।

भरतपुरको दुई वडा १९ र २० को मात्र मत गन्न बाँकी छ । गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत पाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहाल ४० हजार १९६ मत प्राप्त गरेकी छिन् ।

अहिले दलहरूबीच छलफल जारी रहेको छ ।

, , ,