स्थानिय निर्वाचनपोखरा महानगरको मेयर एमालेको पोल्टामा


पोखरा, १२ जेठ– पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी विजयी भएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार मञ्जु गुरुङ विजयी भएकी छन् । यो जितसँगै एमालेले महानगरमा पनि खाता खालेको छ ।

शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १३ हजार ९ सय ५० मतान्तर पाराजित गरेर एमालेका जिसी क्षेत्रफलका हिसावले देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथको मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका जिसी ६० हजार ४ सय २३ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुँवरले ४६ हजार ४ सय ७३ मत ल्याए ।

मनोनयन दर्ताको अन्तिम दिन भएपनि पोखरामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

उपमेयरमा विजयी भएकी एमालेकी गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती कुँवरले ४४ हजार ३३८ मत ल्याएकी छन् ।

,