(एनआरएनए)जापानढ्वारा सदस्यता बितरणमा तिब्रता


गैर-आवसीय नेपाली संघ (एनआरएनए)जापानढ्वारा पन्जिक्रित तथा नयाँ आबेदकहरुको लागि सदस्यता बितरण कार्यलाई तिब्रता दिएको छ ।

एनआरएनए जापानको अधिवेशन नजिकदै गर्दै सदस्यता वितरण पनि तिव्रता बढेको छ । नयाँ सदस्यता बन्न् आफ्नै मोबाईल मार्फत एनआरएनए जापान टाईप गरि एप्लिकेसन डाउनलोड गरे पश्चात आँफैले फर्म भरी सदस्यता बन्न सकिने नयाँ आफ्नै एप्सको डेपलप गरेको छ । यस पटक नयाँ प्रबिधिबाट आफु सदस्य भएको जानकारी पनि मोबाईल एप्लिकेसनबाट नै प्राप्त हुन्छ त्यसैगरी सर्बसाधारणको सहजताको लागि, हाल शिनोकोबुस्थित सोल्टी इन्टरप्राइजेसको अफिसबाट आफ्नो पुरानो सदस्यता लीन र नयाँ सदस्यता आबेदन फारम भर्नेको भिड नै हुने गरेको सचिव बुद्धिराज घिमिरेले बताउनु भयो ।
एनआरएन जापानको सदस्यता नविकरण र नयाँ सदस्यता फाराम भर्ने म्याद मे ३१ तारिक सम्म रहेको छ । जापानवासी सम्पूर्ण नेपालीलाई समयमा नै सदस्यता बन्न एनआरएनए जापानका अध्यक्ष सुदन थापाले आह्वान गर्नु भएको छ ।

एनआरएनए जापानको सदस्यता नबिकरण तथा नया सदस्यता लिने समय नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्न मे ३१,२०१७ सम्म खुला रहेको छ  ।

एप मार्फत नया सदस्यता लिने तथा पुरानो सदस्यता नबिकरण गर्नु भएका तथा सदस्यता लिने सोचमा रहनु भएका महानुभाबहरुले ध्यान दिनुपर्ने कुरा  ।

-नया सदस्यता तथा नबिकरणका लागि एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा प्रतिव्यक्ति १,००० येन दाखिला गरि भौचर मा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम , भौचरको फोटो ,आफ्नो फोटो ,परिचय कार्ड लगायतका कुरा हरु एनआरएनए एप मार्फत फारम भर्दा संगै पठाउनु पर्ने छ  ।

- फोटो ,परिचय कार्ड राखेर फारम भरि सक्नु भएका तर एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन नराख्नु भएका हरुले एनआरएनए जापानको खातामा पैसा जम्मा गरि आफ्नो एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरेर ADD RECEIPT मा गएर बैंक भौचरमा लेखिएका मिति , ATM नम्बर ,जम्मा गरेको कुल रकम जस्ता कुरा लेखि साथ मा भौचर नत्थी गरि पठाउनु पर्ने छ  ।
 नबिकरणको लागि आफ्नो आइडी नम्बर जस्तै:001-001500 र हामीले उपलब्ध गराएको अस्थाई पासओर्ड राखी आफ्नो फोन नम्बर र आफुले सम्झने स्थाई पासओर्ड राख्नु पर्ने छ ,फोन नम्बर र स्थाई पासओर्डले तपाई लाई एनआरएनए एपमा लगइन गर्न सहयोग गर्ने छ,आफ्नो स्थाई पासओर्ड गोप्य रुपमा राख्न अनुरोध छ ।   अस्थाई पासओर्ड हराउनु भएका महानुभाब हरुले जानकारी को लागि कार्यसमिति संग सम्पर्क गर्न सक्नु हुने छ l

-तपाईले फारम भरे पछि सर्बप्रथम पेनडिंग अवस्थामा रहने छ तपाईले पठाउनु भएको आफ्नो फोटो ,परिचय कार्ड ,सदस्यता सुल्क तिरेको चेक जाच गरि पुरा आएका फारम लाई प्रमाणित गरिने छ ,अनिबार्य रुपमा फोटो, परिचय कार्ड ,सदस्यता सुल्क तिरेको भौचर अनिबार्य रुपमा राख्नु पर्ने छ l

- एनआरएनए जापानको ( JP POST 10010-52370361 ) खातामा सदस्यता सुल्क १,००० येन राख्नु भएका तर फोटो ,परिचय कार्ड नराख्नु भएका महानुभाब हरुले यथासिघ्र समिति लाई आफ्नो सदस्यता आइडी नम्बर पठाई पुन एकपटक सुरुबाट फारम भर्न अनुरोध छ  ।

-सदस्यता बन्ने क्रममा तपाइले राख्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आएमा यथासिघ्र समिति संग सम्पर्क गरिदिन अनुरोध छ l एक फोन नम्बर एक सदस्य बन्नमा मात्र प्रयोग हुने छ  ।

-सबै प्रक्रिया पुरा गरि सक्नु भएका महानुभाब हरुले एनआरएनए जापानको एपमा रहेको MEMBERS,S LOGIN मा गएर आफ्नो फोन नम्बर र पास्वोर्ड राखेर लगइन गरि आफ्नो सदस्यता प्रमाणित भए नभएको हेर्न सक्नु हुने छ ,सदस्यता पेनडिंग आएको खण्डमा यथासिघ्र सम्पर्क गर्न अनुरोध छ ।  पेनडिंगमा रहने कारणहरु फोटो ,परिचय कार्ड र सदस्यता सुल्क तिरेको भौचरको फोटो मध्य एक नहुनु हो या सबै नहुनु हो l फारम भर्दा आफ्नो इमेल ठेगाना राख्नु भएको खण्डमा तपाईको सदस्यता सम्बन्धि जानकारी इमेलमा दिइने छ  ।

 सदस्यता फारम भर्न सुरु गरे पछि आफ्नो फोटो र परिचय कार्ड राखे पछि मात्र अन्त्य गर्नु होला बिचमै छोड्नु भएको खण्डमा तपाईको फारम फोटो र परिचय कार्ड बिनानै जम्मा हुने छ र पछि नया फारम भर्दा तपाईले प्रयोग गर्नु भएको फोन नम्बर प्रयोग भै सकेको साइन आउने छ  ।


मातृसन्देश डटकमवाट

, , ,