प्रधानमन्त्रीले दिए राजीनामा, भने-इमान्दारिताको खडेरी चिरियो


 जेठ १० बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारिता देखाउँदै पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली राजनीतिमा लामो समयदेखिएको खडेरी अन्त्य गर्दै अगाडि बढ्दै छु, प्रधानमन्त्रीले भने, ‘अब एउटा सांसद र नागरिक रहनेछु ।’ मैले एउटा सफल प्रधानमन्त्रीको हैसियतले राजीनामा दिन पाउँदा अत्यन्तै गौरवान्वित छु ।

राजीनामा वुधबारै राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको कार्यालयमा पुगेर बुझाउने दाहालले घाेषणाकै क्रममा जानकारी दिए ।

प्रधानमन्त्री दाहालले बचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न नसक्ने समेत बताए । नेपाली काँग्रेससँग भएको समझदारी आफूले पालना गरेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले  राजनीतिक दलहरुमा इमानको उपयोगमा कमि हुँदै आएको बताए ।

दलहरुबीच लिखित र अलिखित सहमति च्यातिएका छन्,’ दाहालले भने,  ‘सत्तारुढ दलबाट त अहिलेसम्म पालना नै भएको छैन ।’ दाहालले फरक विचारसँगको गठबन्धनको सरकारमा पनि कुनै समस्या नभएको उल्लेख गरे ।  ‘गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन्, फरक फरक दलबीच केही जटिल र पेचिलो हुन्छ, तर मलाई जटिलता परेन’, उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छु ।’ प्रधानमन्त्रीबाट राजीनामा दिँदा हुने छट्पटाहट पनि अब अन्त्य भयो होला भन्ने विश्वास लिएको छुँ । दाहालले १० महिना सरकार चलाए । जाँदा-जाँदै उनले अाफुले सफलतापूर्वक सरकार चलाएकाे जस लिए ।

, , ,