नेजाको साधारणसभा विधान संशोधन सहित सम्पन्न


नेपाल अमेरिका पत्रकार संघ नेजाको ११ औ सधारण सभा बिबिध कार्यक्रम सहित भर्जिनियाको मनाससमा सम्पन्न भएको छ |

नेपाल नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर र नेजाका अध्यक्ष भोला आचार्यले संयुक्त रुपमा उदघाटन गर्नु भएको कार्यक्रम संघको नयाँ बिधान पारित गर्दै सम्पन्न भएको हो |

साधारणसभाको उदघाटनका क्रममा महासंघका महासचिव उजिर मगरले पत्रकारिता समाज कै एउटा अंग भएकाले यसमा पनि कमिकमजोरी रहेको स्वीकार गरेका थिए | उनले कसैका कमीकमजोरी औल्याएकै कारण पनि पत्रकारितालाई निश्पक्ष नभएको आरोप लाग्ने गरेको पनि बताए |

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले विदेशमा रहेका नेपालीका सुख र दु;खमा पत्रकारिताले सहयोग गरेको बताएका थिए |

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एनआरएन अमेरिकाले पत्रकारहरुको साथ पाएको र अझै पाउने विश्वास ब्यक्त गरे |

कार्यक्रममा यस क्षेत्रका अवैतनिक बाणिज्यदुत प्रेमराजा महत, एएनएका अध्यक्ष मेदनी अधिकारी, लगायतले शुभकामना दिएका थिए ।

नेजाका उपाध्यक्ष तथा समारोह संयोजक गुणराज लुईटेलले स्वागत मन्तव्य दिएका थिए | साधारण सभाका डिसी महानगर क्षेत्र वरपरका सङ्घ संस्थाका प्रतिनिधि र अमेरिकाका विभिन्न राज्यहरूबाट आएका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उदघाटन कार्यक्रममा नेजाद्वारा स्थापित “नेजा सामुदायिक पत्रकारिता पुरस्कार”  पत्रकारहरु शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्कीलाई संयुक्तरुपमा १ हजार १ सय ११ डलरको पुरस्कार प्रमुख अतिथि उजिर मगरद्वारा हस्तान्तरण गरिएको थियो । पुरष्कृत ब्यक्तिहरुले पुरस्कार स्वरूप प्राप्त रकम चितवनको सामाजिक संस्था सानो घरलाई दिने घोषणा गरेका छन् ।

कार्यक्रममा मनाससको अमेरिका नेपाल सहयोगी समाजबाट सञ्चालित पाठशालाका विद्यार्थीहरूले नेपाली राष्ट्रगान तथा अमेरिकन राष्ट्रगान गाएका थिए । साधारण सभाको बिचमा कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउने हेतुले सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो ।
कार्यक्रमको संचालन महासचिव तोया दाहालले गरेका थिए |

साधारण सभाको उदघाटन लगत्तै एनआरएनएका अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम गरिएको थियो ।

उक्त बहस कार्यक्रममा अध्यक्षका आकांक्षीहरु डा. केशव पौडेल, डिल्ली भट्टराई, राम सी पोख्रेल र गौरी जोशीको सहभागिता रहेको थियो।बहसको संचालन पत्रकार बाल जोशीले गरेका थिए |

, ,