स्याङजाको वालिङमा काँग्रेसका खाँड र तिवारी


 जेठ ४ बिहिबार
स्याङजा। स्थानिय तहको चुनावमा काँग्रेसले स्याङजाको वालिङ नगरपालिकाको मेयर र उपमेयरमा चुनाव जीतेको छ। वालिङमा काँग्रेसका दिलिप प्रसाद खाँड र कल्पना तिवारीले संयुक्त रुपमा काँग्रेसको झण्डा गाडेका हुन्।

नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी खाँडले १०६०० मत ल्याएर विजयी हुँदा एमालेका पुण्य प्रसाद अर्यालले ८७४९ मत ल्याएर निकटतम प्रतिष्पर्धीमा चित्त बुझाएका छन।

उपमेयरमा काँग्रेस नेतृ कल्पना तिवारीले ९८९५ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिष्पर्धी एमालेकी खगिसरा थापाले ८१३४ मत ल्याएकी छिन।

काँग्रेसका प्रभावशाली नेताहरु समेत रहेको जिल्लामा काँग्रेसका नतिजा राम्रो आउन नसकिरहेको बेला वालिङले राहत दिएको स्थानिय काँग्रेस कार्यकर्ताहरुको भनाई छ।

, , ,