७ स्थानमा कांग्रेसबाट महिला उमेदवार प्रमुखमा




काठमाडौं । नेपाली कांग्रेसले नगरपालिका र गाउँपालिका गरी ७ स्थानीय तहमा महिलालाई प्रमुख उमेदवार बनाएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकामा गंगा दाहाल, जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सैजुवाल र मकवानपुरको थाहा नगरपालिकामा पवित्रा महत विष्टलाई उमेदवार बनाएको छ ।

यस्तै, चितवनको इच्छा कामना गाउँपालिकामा गीता गुरुङ, तनहुँको म्याग्दे गाउँपालिकामा माया राना, लमजुङको दूधपोखरी गाउँपालिकामा छुपिमाया गुरुङ र नवलपरासीको हुम्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डेलाई अध्यक्षको उमेदवार बनाएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरी मनाङको नार र फुलगायत केही गाउँपालिकामा कांग्रेसका उमेदवार निर्विरोध चयन भएको जानकारी दिएको छ ।

संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा कांग्रेसको निर्वाचन उपसमिति संयोजक रमेश लेखकले बताए । उनले गृहमन्त्रीको नियुक्ति छिट्टै हुने जानकारी दिए ।

, ,