साधारण सभाको तयारी जोडतोडका साथ भईरहेको छ -गुणराज लुइँटेल


नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११ औं साधारण सभाको तयारी  अहिले जोडतोडका साथ भईरहेको छ | साधारणसभा अमेरीकाको राजधानी नजिकै भर्जिनिया स्थित मनाससमा हुदै छ | साधारण सभाको तयारीका बारेमा नेजाका उपाध्यक्ष तथा साधारण सभाका संयोजक गुणराज लुइँटेलसंग सतिश चापागाईंले गरेको संक्षिप्त कुराकानीको प्रस्तुत छ :

कार्यक्रमको तयारी कहाँसम्म पुग्यो ?

हामी तयारीको अन्तिम चरणमा पुग्यौं | प्रमुख अतिथि महासंघका केन्द्रिय महासचिव अमेरिका आईसक्नु भएको छ | बिभिन्न स्टेटका साथीहरु कोहि हिडिसकेको र कोहि हिड्ने तयारीमा भएको सूचना आईरहेको छ | केहि स्थानिय पाहुना आउने कुरा पक्का भईसकेको छ भने केहिसंग आज फिक्स हुदैछ | अमेरिका नेपाल हेल्पिङ्ग सोसाईटीले स्थानिय स्तरमा हामीलाई होस्टिंगमा सहयोग गरेको छ |

कार्यक्रम कस्तो हुनेछ ?

कार्यक्रममा धेरै बक्ताहरु हुनेछैनन् | छोटो र मिठो उद्घाटन सत्र हुनेछ | सोहि अवसरमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरिने छ | हरेक बर्ष अमेरिकामा बसेर लेख्ने पत्रकार तथा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ |

अन्य आकर्षणमा ?

उद्घाटन सत्र कै अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा  एनआरएनका अध्यक्षका आकांक्षीहरुसंग ९० मिनेटको छलफलको कार्यक्रम हुनेछ | सबै पांचजना आकांक्षीहरु कार्यक्रममा आउने पक्का पनि भैसकेको छ | त्यसपछि बन्द सेशन हुनेछ |

बन्द  सेशनका प्रमुख मुद्धा के के हुन् ?

खाशै धेरै बिषय छैनन् | यसपटक बिधान संसोधनको काम हुनेछ | संस्थापक अध्यक्ष गिरिश पोखरेलजीको संयोजकत्वमा एउटा समितिले काम गरिरहेको छ | उहाँहरुले ल्याउनु भएको बिषय उपर छलफल हुनेछ | साथै अध्यक्ष र महासचिवका प्रतिबेदनहरु आउने नै भए |














,