राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान



काठमाडौं, जेठ ११

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

सात दिनभित्र सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।

,