२१ वर्षीय कान्छा विजेता ६ जना, ४ जना कांग्रेसका


काठमाडौ, जेठ ९ 

पहिलो चरणको स्थानीय निर्वाचनमा ३४ जिल्लाको २८३ स्थानीय तहमा गरी ४२ जना २१ वर्षका उम्मेदवार थिए। तीमध्ये हालसम्म ६ जना विजयी भइसकेका छन्। तीमध्ये चार जना महिला छन् भने पुरुष दुई जना छन्।

सबैभन्दा कान्छा अर्थात् २१ वर्षीय वडाध्यक्ष जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ८ ले पाएको छ। एमाले उम्मेदवार कृष्णबहादुर शाही ३०८ मत पाएर वडाध्यक्षमा विजयी भएका हुन्।

त्यस्तै, सबैभन्दा कान्छी उपाध्यक्ष बनेकी छन् रसुवा नौकुण्ड गाउँपालिकाकी एमाले उम्मेदवार २२ वर्षीया सिर्जना लामा।
हालसम्म प्राप्त नतिजाअनुसार विजयी हुने २१ वर्षका कान्छा ६ जना प्रतिनिधी यी हुन्ः

१. नाम/उमेर/ दलः सम्झना तामाङ/२१/ नेपाली कांग्रेस
पद/ वडा नं./ तह/ जिल्लाः महिला सदस्य/ वडा नं.१/ तादी गाउँपालिका/नुवाकोट

२. नाम/उमेर/ दलः सुशिला मग्राती नेपाली /२१/ नेपाली कांग्रेस
पद/ वडा नं./ तह/ जिल्लाः दलित महिला सदस्य/ वडा नं.२/ गण्डकी गाउँपालिका / गोरखा

३. नाम/उमेर/ दलः निरा दर्जी /२१/ नेपाली कांग्रेस
पद/ वडा नं./ तह/ जिल्लाः दलित महिला सदस्य/ वडा नं.९/ गैंडाकोट नगरपालिका / नवलपरासी

४. नाम/उमेर/ दलः लोकेन्‍द्र बहादुर शाही /२१/ माओवादी केन्द्र 
पद/ वडा नं./ तह/ जिल्लाः सदस्य/ वडा नं.४/ आठबिसकोट नगरपालिका / रुकुम

५. नाम/उमेर/ दलः कृष्ण बहादुर शाही /२१/ नेकपा एमाले
पद/ वडा नं./ तह/ जिल्लाः वडा अध्यक्ष / वडा नं.८/ तातोपानी गाउँपालिका / जुम्ला

६. नाम/उमेर/ दलः सरसती नेपाली/२१/ नेपाली कांग्रेस 
पद/ वडा नं./ तह/ जिल्लाः दलित महिला सदस्य / वडा नं.८/ शिवालय गाउँपालिका / जाजरकोट
साभार: सेतोपाटी

, ,