निर्देशक द्वय मिनबहादुर भाम र नबिन सुब्बा अमेरिकामा

नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन चर्चित निर्देशक द्वय मिनबहादुर भाम र नबिन सुब्बा अमेरिका आईपुगेका छ्न |

सेतो सुर्यका निर्देशक नबिन सुब्बा र कालो पोथीका निर्देशक मिनबहादुर भामको यो महोत्सवमा बिशेष भूमिका हुनेछ |

नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाहरुको आयोजनामा  यहि  मे ५, ६ र ७  सम्म हुने 'नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव'को प्रोमो सार्वजनिक भएको छ  | मे ५ तारिक शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेजपार्कमा दीपक रौनियारको चलचित्र 'सेतो सुर्य' बाट सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन्  |

अमेरिकाको नेपाली डायस्पोरामा पहिलो पटक आयोजना हुने चलचित्र महोत्सवमा पहिलो दिन रेड्कर्पेट सहित भीआइपी फोटो 'शूट' हुनेछ | नेपाली दुताबास लगायत विभिन्न कुटनीतिक नियोगका बिशिष्ट अतिथिहरु, स्थानीय संघ संस्थाका नेतृत्वहरु सबैको उपस्थितिमा औपचारिक कार्यक्रम हुने छ | 'सेतो सुर्य'को  प्रदर्शन पछि निर्देशक दीपक रौनियार र कलाकार आशा मगरातीसंग अन्तरक्रिया पनि हुने बताइएको छ |

दोस्रो दिन मे ६ शनिबारका दिन होफ थियटर, कलेजपार्क र होराइजन सिनेमा बेल्टवे प्लाजा , बाल्टिमोरमा एकसाथ  दिउँसो १२ बजे देखि राति १० बजे सम्म विभिन्न फिचर फिल्म, डकुमेन्ट्री र छोटा चलचित्रहरु प्रदर्शन हुनेछन | चलचित्र प्रदर्शन पछि उपस्थित चलचित्रकर्मीहरु संग छलफल हुने छन  | अमेरिकन र नेपाली डायस्पोराबाट केहि चलचित्रकर्मी उपस्थित हुनु हुने बताइएको छ |

आयोजकहरुका अनुसार तेश्रो दिन मे ७  आइतबार पनि १२ बजे पछि ६ बजे सम्म चलचित्र प्रदर्शन हुने छन  र साँझ ७ बजे पछि एफाई  सिल्भर थिएटर, सिल्भरस्प्रिङ्गमा फेरी रेडकार्पेट सहित चलचित्र 'कालो पोथी' को प्रदर्शनी र निर्देशक मिन बहादुर भामसंग अन्तरक्रिया हुनेछ | कार्यक्रमको अन्त्यमा समापन समारोह हुने छ | यस बर्षको जुरी अध्यक्षता निर्देशक  नविन सुब्बाले गर्ने आयोजकहरुले बताएका  छन् | जुरीले  छनोट गरेका चलचित्रहरुलाई पुरस्कृत गर्नुका साथै महोत्सवलाई सहयोग पुर्याउनेहरुलाई सम्मान गरिने छ |

,