आमा बन्दै नायिका प्रियंका कार्की


 काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले चलचित्रका लागि हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन् । गाउँदेखि सहरिया अनि प्रेमिकादेखि श्रीमतीसम्मको भूमिका निर्वाह गरेर प्रियंकाले आफुलाई प्रमाणित गरिसकेकी छिन् ।

त्यसोत यसअघि पनि उनी चलचित्रकै लागि आमासमेत बनिसकेकी छिन् । यद्यपी उनी चलचित्रकमा बालकलाकारकी आमाको भूमिकामा प्रस्तुत भएकि छिन् ।

हाल छायांकनको क्रममा रहेका दीपाश्री निरौलाद्धारा निर्देशित चलचित्र ‘छक्कापन्जा–२’ मा भने उनी आफुभन्दा केहि बर्ष कान्छी अभिनेत्रीकै आमा बनेकी छिन् । चलचित्र ‘छक्कापन्जा’को क्लाइमेक्समा शिवहरी पौडेलसँग वैवाहिक जीवन प्रारम्भ गर्ने प्रियंका त्यसको सिक्वेलमा आमा बन्न लागेकी हुन् ।

शिवहरी पौडेल तथा प्रियंकाको छोरीको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्दैछिन् । प्रियंका आमा भएको गेटअपका केहि तस्वीर सार्वजनिकसमेत भएका छन् ।