भरतपुरमा मतान्तर बढाउँदै एमाले, १६ नम्बरमा प्यानलै विजयी


 जेठ १२ शुक्रबार

काठमाडौं ।  स्थानीय निर्वाचनमा तीन तहको परिणाम आउन बाँकी रहँदा सबैको चासो भरतपुरतर्फ केन्द्रित भएको छ ।

भरतपुर महानगरको पछिल्लो परिणाम अनुसार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिष्पर्धा देखिएको छ । र, एमालेले मतान्तर बढाउँदै लगेको छ । हाल सम्ममा ज्ञवालीले ३५ हजार ५ सय ८८ मत ल्याएका छन् ।

दाहालले ३३ हजार ८ सय ५२ मत ल्याएकी छन् । केही समयअघि मतान्तर घटेको थियो तर १६ नम्बर वडाको मत गणना भएपछि दाहाल थोरै अझै पछि परेकी हुन् ।

यता उपमेयरमा भने कांग्रेसकी पार्वती शाह ३७ हजार ४ सय ८४ मतका साथ अग्रस्थानमा छिन् भने प्रतिस्पर्धी एमालेकी दिव्या शमाले ३२ हजार २ सय ९४ मत ल्याएकी छन् ।

त्यस्तै भरतपुर–१६ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।

,